नेपाल बङ्गलादेश बैंकले १२ प्रतिशत बोनस सेयर दिन



काठमाडौं । नेपाल बङ्गलादेश बैंकले १२ प्रतिशत बोनस सेयर र ३.७९ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकको २३औं बार्षिक साधारणसभले सो निर्णय गरेको हो ।

साधारण सभाबाट संस्थापक शेयरधनीका तर्फबाट जलाल अहमद, मोहमदसाह आलम सरवार, मनिरुल इस्लाम तथा सर्वसाधारण शेयरधनीका तर्फबाट इन्द्र बहादुर थापा, दीपक कार्की र मुकुन्द नाथ ढुंगेल संचालक समिति सदस्यमा निर्वाचित भएका छन । साथै, संचालकमध्येबाट सर्वसम्मत रुपमा जलाल अहमदलाई अध्यक्ष चयन गरिएको छ ।

साधारण सभाबाट स्वीकृत १२ प्रतिशत बोनस शेयर वितरण पश्चात बैंकको कुल चुक्ता पूँजी ८ अर्ब रुपैयाँभन्दा धेरै हुनेछ । गत आर्थिक वर्षमा बैंकले . १ अर्ब २० करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । बैंकको निक्षेप ४३ अर्ब ७१ करोड रुपैयाँ, कर्जा ३७ खर्ब २४ करोड रुपैयाँ छ ।


पुष्प दुलाल