विश्व अर्थतन्त्रमा नयाँ तरङ्ग, के भारत विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ला ?



काठमाडौं । आगामी १० वर्षको अवधिमा विश्वकै तेस्रो ठूलो अर्थतन्त्रमा भारतले जापानलाई उछिन्ने भएको छ । हाल छैटौ नम्बरमा रहेको भारतले १० वर्षमै तेस्रोमा पुग्ने प्रक्षेपणले विश्वमै तरंग ल्याएको छ ।

बैंक अफ अमेरिका मेरिल लिञ्चले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार ओरालो लागेको परनिर्भरताको अनुपात, वित्तीय परिपक्वता र बढ्दो आम्दानी तथा खर्च गर्न सक्ने क्षमताले देशको वृद्धिको नेतृत्व गर्ने पनि उल्लेख छ ।

‘हामीले २०२८ देखि न्यूनतम जीडीपीको आधारमा भारतले जर्मनी र जापानलाई पछाडि पार्ने देखेका छौं । आगामी दशकमा भारतीय अर्थतन्त्र १० प्रतिशतका दरले वृद्धि हुने अवस्थालाई आधार मानेर यो निष्कर्षमा पुगिएको हो । यो जापानको १.६ प्रतिशतको तुलनामा ठूलो अन्तरले बढी हो,’ प्रतिवेदनमा उल्लेख छ ।

‘इन्डिया २०२८ः द लास्ट ब्रिक इन द वाल’ शीर्षकको प्रतिवेदनले देशको वास्तविक जीडीपी ७ प्रतिशतका दरले वृद्धि हुने र आगामी २०१९ मा भारत विश्वकै पाँचौं ठूलो अर्थतन्त्र हुने जनाएको छ ।

‘पहिलो त घट्दै गरेको परनिर्भरताको अनुपातले बचत र लगानीको दरलाई बढाउनेछ । दोस्रो भनेको वित्तीय परिपक्वता हो । अन्त्यमा बढ्दो आम्दानी र खर्च गर्न सक्ने क्षमताले ७ प्रतिशतको वृद्धि हासिल गर्नका लागि सहयोग गर्नेछ,’ प्रतिवेदनले भनेको छ ।

परनिर्भरताको अनुपात ४६.२ प्रतिशतको हाराहारीमा हुने र यसले बचत दरमा जीडीपीको ३२ प्रतिशत कायम गर्ने पनि प्रतिवेदनमा उल्लेख छ भारतको हाल जिडिपी २.४५ ट्रिलियन अमेरिकन डलर रहेको छ ।

अहिले पहिलो नम्बरमा अमेरिका रहेको छ । भने दोस्रोमा चीन, तेस्रोमा जापान, चौथोमा जर्मन, पाचाँैमा वेलायत, छैटौँमा भारत, सातौमा फ्रान्स, आठौमा ब्राजिल, नवौमा इटाली र दशौमा क्यानडा रहेका छन् ।


क्लिकमान्डु