
काठमाडौं । एन आई सी एशिया बैंकका अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त भएका छन्।
२०८२ पुस ९ मा बसेको बैंकको सञ्चालक समितिको ७४४ औं बैठकले सोही मितिदेखि लागू हुनेगरी अग्रवाललाई नियुक्त गरेको हो ।
नवनियुक्त अध्यक्ष अग्रवालले नेपाल राष्ट्र बैंकका गर्भनर प्राडा विश्वनाथ पौडेलबाट पद तथा गोपनियताको सपथ ग्रहण लिएका छन् ।
उनले नेपालको बैंक, वित्तीय क्षेत्र, बीमा तथा कर्पोरेट क्षेत्रमा लामो अनुभव हासिल गर्नुका साथै सफल नेतृत्व गर्दै मुलुकको आर्थिक विकासमा विशेष योगदान पुर्याएका छन् ।
उच्च नेतृत्वदायी क्षमता, दूरदृष्टि र स्पष्ट रणनीतिका साथ दीर्घकालिन योजनामा विश्वास राख्ने उनको कार्यकालमा बैंकले महत्वपूर्ण उपलब्धिहरु हासिल गर्नुका साथै बैंकले सफलताको थप उचाई प्राप्त गर्नुको साथै बैंकलाई प्रतिष्ठाको नयाँ शिखरमा पुर्याउने विश्वास लिएको जनाएको छ ।








प्रतिक्रिया