पूर्वअर्थमन्त्री डा. रामशरण महतमाथि नुवाकोटमा बम प्रहार



काठमाडौं । पूर्वअर्थमन्त्री डा. रामशरण महतलाई लक्षित गरी नुवाकोटमा बम प्रहार गरिएको छ ।

कांग्रेसका तर्फबाट नुवाकोटका सांसदका उम्मेद्वारसमेत रहेका महतलाई लक्षित गर्दै ककनी–५, काउलेथामा बिहान सवा १० बजे बम प्रहार गरिएको हो ।

चुनाब प्रचारका क्रममा रहेका महतलाई लक्षि गरेर अज्ञात समूहले बम हाने पनि महतलाई बम लागेको छैन ।

चतुरालयमा भएको कार्यक्रममा सहभागी हुन गइरहेका महत चढेको गाडीलाई लक्षित गरेर बम प्रहार गरिएको थियो ।

तर, महतभन्दा पछाडि कार्यकर्ता चढेको गाडीमा बम लागेको छ । उक्त गाडी बाटोदेखि करिब २० मिटर तल खसेको छ ।

‘डा. महतलाई केही पनि भएको छैन, उहाँ सकुशल हुनुहुन्छ,’ महतका प्रेस सल्लाहकार गजेन्द्र विष्टले क्लिकमाण्डूसँग भने, ‘कार्यकर्ता चढेको गाडी बम लागेर बाटोमूनि खसेको छ, केही कार्यकर्ताहरु घाइते भएका छन् ।’

चुनाब हार्ने निश्चित देखिएपछि बाम गठबन्धनका कार्यकर्ताहरुले अत्तालिएर महतमाथि आक्रम गरेको स्थानीय कांग्रेसी कार्यकर्ताहरुले बताएका छन् ।


पुष्प दुलाल