यी हुन आयकर र भ्याट नतिर्ने ठूला व्यवसायी, राजस्वले निकाल्यो सूचना (नामावलीसहित)



काठमाडौं । आन्तरिक राजस्व विभागले सञ्जय गोल्छा, सुधिर बस्नेत, अजय मुडभरी, सुमन सुवेदी, दीपमणि राजभण्डारी, सञ्जिवराज राजभण्डारीलगायत २७ जनाले ठूलो परिमाणमा आयकर नतिरको भन्दै १५ दिनभित्र कर दाखिला गर्न सार्वजनिक सूचना प्रकाशित गरेको छ ।

मूल्य अभिवृद्धि कर र आयकर नतिरेको भन्दै आन्तरिक राजस्व विभागले सूचना प्रकाशित गरेको हो । न्यू टेरिक नेपाल नेपालमा विक्री हुने डेल कम्प्युटरको आधिकारिक विक्रेता हो ।

लामो समयदेखि आयकर तिर्न ताकेता गर्दै आएको भएपनि अटेर गरेको भन्दै विभागले आज एक सूचना प्रकाशित गरी कर तिर्न भनेको हो ।

करदाता कार्यालयमा कर दाखिला नगरेको पाइएकाले सार्वजनिक सूचना नै प्रकाशित गर्नुपर्ने अवस्था आइलागेको विभागको भनाइ छ ।

विभागले आज प्रकाशित गरेको सूचनामा सुधिर बस्नेतको अग्नि एयर, कोहिनुर हिल, हाउजिङ, ओरियन्टल विल्डर्सले कर नतिरेको उल्लेख छ ।

यस्तै नेपालको जलविद्युत् क्षेत्रका काम नगरेको भनेर बदनामी कमाएको चिनको गेजुवा ग्रुपले पनि आयकर नतिरेको पाइएको छ ।

विभागले सो समूहकमा थ्यान कङको नाममा आयकर दाखिला नभएको उल्लेख गरेको छ । आयकर नतिर्नेमा शुभ श्री पशुपति टे«डर्सका ज्ञानेश्वर सिंह, डेविडेयाग ड्रेगर्डस सिडब्ल्यूई ज्वाइट भेन्चरका लोथर अल्र्फड रयूकले पनि आयकर तिरेका छैनन् । सो कम्पनी नेपालको पीश्चम सेती जलविद्युत् आयोजना निर्माणका लागि भन्दै आएको चिनियाँ कम्पनी हो ।

एभरेस्ट पोलिमर्स प्रालिका विकासकुमार कोठारी, अल्सटम पावर जेनेरेशन एजीका जिर्राड बुनेल, मुडभरी एण्ड जोशी ज्वाइन्ट भेन्चर अजयकुमार मुडभरीले पनि आयकर तिरेका छैनन् । मुडभरी एण्ड जोशी ज्वाइन्ट भेन्चरले त्रिशुली काठमाडौँ प्रसारण लाइन निर्माणको ठेक्का लिएको छ । यस्तै अन्य जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणमा समेत सो कम्पनी संलग्न छ ।

इको हाउजिङ एण्ड रियालिटी प्रालिका ज्ञानसुन्दर ब्रजाचार्य, पृथ्वी जयसाईराम जेभीका केशबबहादुर दाहाल, नेकोन एयरका दीपमणि राजभण्डारी, विनायक इन्टरप्राइजेजका रामप्रसाद कोइराला मर्कण्टायल अफिस सिस्टमका संञ्जिवराज राजभण्डारी, पाकिस्तान इन्टरनेशन एयरलाइन्सका सामुन अली, पवनपुत्र इन्डस्ट्रिजका पवनकुमार लोहिया, नोयल जिएमविएचका डेबेस मण्डल, कर्पोरेटिभा मुराटोरी एण्ड सिमनिस्ट रेभेना इटालीले मूल्यअभिवृद्धिकर तिरेको छैन भने अरुले आयकर तिरेका छैनन् ।

विभागकाअनुसार एभरेस्ट भिनायल प्रालिका विकास कठोरी, दक्षिणकाली इन्कर्पोरेट प्राििलका नविन जोशी, नेपाल टोवाको कम्पनीका प्रकाशचन्द्र सक्सेना, एमआर पप्पु जेभी सुमित रौनियार, भवतु सभ्य मंगलम् प्रालिका सुनिल अग्रवाल, सिआईसिओ तुँदी जेभीका सुमन सुवेदी, इसिआई कन्काई जेभीका राजप्रसाद मैनाली, पेट्रोलीमेक्स नेपाल प्रालिका प्रदिपशम्सेर जवराले मूल्य अभिवृद्धि कर तिरेका छैनन् ।

उनीहरुलाई १५ दिनभित्र कर नतिरे कानुनअनुसार कारवाही गर्ने चेतावनी समेत विभागले दिएको छ ।


पुष्प दुलाल