चीनका धेरैजनामा साइबर आक्रमणबारे अज्ञानता



तियानजीङ  । चीनका इन्टरनेट प्रयोगकर्ताहरू मध्ये झण्डै ९० प्रतिशत उपभोक्ता चीनको साइबर सुरक्षाका बारेमा सकारात्मक पाइएको छ ।

उनीहरु मध्ये झण्डै १९ प्रतिशतलाई हालैका साइबर आक्रमण बारे कुनै जानकारी नै नभएको पनि एक अध्ययनले देखाएको छ ।

चिनियाँ इन्टरनेट सेक्युरिटी प्लेटफर्मले चीनका नागरिकहरुको इन्टरनेट प्रयोग र साइबर सतर्कताका बारेमा सर्वेक्षण गरेको थियो ।

सर्वेक्षणमा सहभागी मध्ये झण्डै ५६ प्रतिशतले चीनको इन्टरनेट वातावरण धेरै राम्रो र सुरक्षित रहेको बताएका थिए । साथै ३२.८ प्रतिशतले इन्टरनेट सुरक्षाका बारेमा ‘सामान्यतया ठिकै’ भन्ने जवाफ दिएका छन् ।

सर्वेक्षणकर्ताहरुले जनाएअनुसार इन्टरनेट प्रयोगकर्ताहरु मध्ये झण्डै ४० प्रतिशतले ठुला साईबर आक्रमण हुन्छन् कि भनेर सधै सतर्क भइरहने बताएका छन् ।

झण्डै २६ उपभोक्ताले भने त्यस्ता साइबर आक्रमणले आफुहरुलाई कुनै असर नपर्ने सोचेका रहेछन् ।


क्लिकमान्डु