देउवाले हटाउनु अघि नै माओवादीले सरकार छाड्यो



काठमडौं । सत्ता साझेदार नेकपा माओवादी केन्द्रले सरकार छाड्ने भएको छ । प्रतिपक्षी नेकपा एमालेसँग वाम गठवन्धन गरेको माओवादीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार छाड्न दबाब दिँदै आएका थिए ।

राप्रपा लगायतसँग मिलेर देउवाले सरकार विस्तार गरी माओवादीका मन्त्रीहरुलाई विना विभागीय बनाउने सुइँको पाएपछि माओवादीले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

बाम गठबन्धन बनाउन सक्रिय भएर लागेका गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले दिउँसो २ बजे मन्त्रालयमा पत्रकार सम्मेलन गरेर सरकार छाडेको घोषणा गर्दैछन् ।


पुष्प दुलाल