बृहतग्रूपको एक दशक पूरा, सहरी पूर्वाधारमा लगानी गर्ने




काठमाडौं । रियल इस्टेट क्षेत्रको व्यवसायीक समूह बृहत ग्रूप स्थापना भएको एक दशक पूरा भएको छ । ११औं वर्षमा प्रवेशका अवसरमा कम्पनीले असोज २२ र २३गते विभिन्नकार्यक्रमहरु आयोजना गरेर दशौं वार्षिकोत्सव मनाएको हो ।

असोज २२ गते नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा गू्रपले रक्तदान कार्यक्रम आयोजना गरेको थियो । जसमाकम्पनीका सदस्यहरुका साथै अन्य सर्वसाधारणसमेत गरी कुल ७९ जनाले सहभागि जनाएका थिए ।

साथै, नेपाल एम्बुलेन्स सर्भिसलाई ६ लाख रुपैयाँ प्रदान गरेको छ भने हस्पिस नेपालको नयाँबन्ने भवनको ड्रइङ डिजाईनको लागत व्यहोरि दिएको छ ।

बृहत ग्रूपका कार्यकारी अध्यक्षओम राजभण्डारीले सहरी पूर्वाधारको निर्माणमा ग्रूपले लगानी गर्ने बताए ।


पुष्प दुलाल