सहकारी अभियान्ता दक्ष पौडेल कांग्रेसबाट प्रत्यक्ष चुनाब लड्ने



काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि सहकारी अभियान्ता दक्ष पौडेल काठमाडौं क्षेत्र नं. ७ बाट प्रदेश सांसदका लागि नाम सिफारिस गरेको छ ।

कांग्रेसले क्षेत्र नं. ७ को प्रदेश सांसदका लागि पौडेलसहित प्रगतिमान रञ्जित, राजिब श्रेष्ठ र बिनोद पन्तको नाम सिफारिस गरेको हो । यी नामहरुमध्येबाट केन्द्रले टिकट दिएपछि एक जना उम्मेद्वार बन्नेछन् ।

काठमाडौं क्षेत्र नं. ७ भनेको बालाजु क्षेत्रमा पर्छ । बागलुङ स्थायी घर भएका पौडेल कांग्रेसको महासमिति सदस्य हुन् ।

प्रभु सहकारीका सञ्चालक पौडेल राष्ट्रिय सहकारी संघका सञ्चालक पनि हुन् । त्यतिमात्रै होइन, उनी व्यवसायिक घराना प्रभु समूहको सञ्चालकसमेत हुन् ।


पुष्प दुलाल