कांग्रेसले भन्यो- माओवादीले नराम्रोसँग धोका दियो



काठमाडौं । नेपाली कांग्रेसले सत्तासाझेदार माओवादी केन्द्रले धोका दिएको बताएको छ । मंगलबार आकस्मिक बैठक बसेर कांग्रेसले माओवादीले नराम्रो गरी धोका दिएको निष्कर्श निकालेको हो ।

स्थानीय तहको निर्वाचनमा एलान्स गरेर चुनाब लडेका सत्ता साझेदार कांग्रेस र माओवादीको एलाइन्स प्रदेश र संसदीय चुनाबसम्म टिकेन । मंगलबार एमाले र माओवादीबीच चुनाबी एकता र चुनाबलगत्तै पार्टी एकता गर्नेसम्मको ७ बुँदे सम्झौत भएको छ ।

कांग्रेसले एमाले–मओवादी गठबन्धन अस्वभाविक भएको टिप्पणीसमेत गरेको छ ।


पुष्प दुलाल