यस्तो छ, चुनाब सक्नेवित्तिकै एमाले-माओवादीको पार्टी एकता गर्ने ७ बुँदे सम्झौता



काठमाडौं । एमाले, माओवादी र नयाँशक्ति पार्टीले प्रदेश र संसदकोको चुनाबमा एलाइन्स गरेर चुनाब लड्ने भएकमा छन् । त्यतिमात्रै होइन, चुनाब सकिने वित्तिकै पार्टी एकीकरण गर्ने घोषणा गरेका छन् ।

मंगलबार साँझ पत्रकार सम्मेलन गरी ७ बुँदे सम्झौता सार्वजानिक गरिएको छ ।

यस्तो छ सहमति

तीन पार्टीबीच एकीकरण गरी एउटै पार्टी निर्माण गर्ने उद्देश्यका साथ हाललाई ८ सदस्यीय पार्टी एकता संयोजन समिति गठन गर्ने ।

समितिमा एमालेबाट ४, माओावदीबाट ३ र नयाँशक्तिबाट १ नेता रहने । विस्तृत खाका र योजना यही समितिले तयार पार्ने ।

पार्टीको नीति र विधान तयार पार्न दस्तावेज मस्यौदा समिति गठन गर्ने । प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि एकीकरण सम्पन्न गर्ने ।

अब बन्ने पार्टीको मुद्दामा बहस गर्न सकिने । सार्वजनिक रुपमा सार्वजनिक टिप्पणी र नकारात्मक टिप्पणी नगर्ने ।

आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाका निर्वाचनमा माओवादीलाई ४० र एमालेलाई ६० प्रतिशत हुने गरी तालमेल गर्ने ।

निर्वाचनमा साझा घोषणा पत्र तयार पार्ने । प्रतिनिधि सभा निर्वाचन घोषणा पत्र मस्यौंदा समिति तयार गर्ने ।

निर्वाचनमा तालमेलका लागि अन्य शक्तिलाई पनि आह्वान गर्ने ।


पुष्प दुलाल