अमेरिकाको लस भेगसमा इतिहासकै ठूलो गोलीकाण्ड




वासिङटन । अमेरिकाको पश्चिमी राज्य लस भेगासमा भईरहेको एक कार्याक्रममा गोलाबारी हुँदा कम्तीमा ५० जनाको ज्यान गएको छ ।

खुल्ला स्थानमा भईरहेको एक सांगितिक कार्याक्रमलाई लक्षित गरी बन्दुधारीले नजिकैको एक होटलबाट गोली प्रहार गरेका थिए ।

आक्रमणकारी लस भेगसकै स्थानीय ६४ वर्षीय स्टेफेन प्याडोक भएको स्थानीय प्रहरीलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

प्रहरीको दोहोरो भिडन्तमा बन्दुकधारीको पनि निधन भएको छ भने उनीसंगै रहेकी एक महिलालाई पक्राउ गरिएको प्रहरीले जनाइको छ ।

होटलको ३२ औं तलामा प्याडोकको पनि शव फेला परेको र उनको प्रहरीको गोलीप्रहारबाट मृत्यू भएको हो वा आफैंले गोली हानी आत्महत्या गरेका हुन् भन्ने खुल्ला बाँकी रहेको प्रहरीले जनाएको छ ।

अमेरिकाको ईतिहासकै धेरै व्यक्तिको ज्यान जानेगरी भएको गोलाबारीमा सबै भन्दा ठूलो यही भएका सञ्चारमाध्यमहरुले जनाएका छन् ।
सख्त घाईतेको संख्या धेरै भएकोले मृत्यूहुनेहरुको संख्या अझै बढ्ने अनुमान गरिएको छ ।

अमेरिकी सञ्चारसंख्या सीएनएनले अहिलेसम्म ४ सय ६ जनालाई अस्पताल भर्ना गरिएको जनाएको छ । घटनाको विस्तृत अध्ययन भईरहेको स्थानीय प्रहरीले जनाएको छ ।


पुष्प दुलाल