दशैंको रक्सीले मातेर नुवाकोटमा खुकुरी हानाहान, ३ जना घाइते



नुवाकोट । ककनी गाउँपालिका-२ ठूलीतित्रीमा खुकुरी प्रहारबाट तीन युवक घाइते भएका छन् । घाइतेको अवस्था गम्भीर रहेको नुवाकोट प्रहरीले जनाएको छ ।

दशैं पर्वको अवसरमा गएराति मादक पदार्थ सेवन गरी रमाइलो गरिरहेका युवाबीच विवाद बढेर झगडा हुँदा स्थानीयवासी ३७ वर्षीय भीमबहादुर तामाङ, ३४ वर्षीय राजु तामाङ र ३३ वर्षीय सन्तमान तामाङ घाइते भएका हुन् ।

उनीहरूलाई उपचारका लागि काठमाडौँ पठाइएको प्रहरी नायब उपरीक्षक मधुकरजंग विष्टले जानकारी दिए ।

घाइतेको टाउको, अनुहार, आँखा, हातलगायतका स्थानमा गहिरो चोट लागेको छ । घटनामा संलग्नको पहिचान भइसकेकाले नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ । रासस


पुष्प दुलाल