भदौ २९ गतेदेखि कृषि मेला हुने




काठमाडौं । काठमाडौंको प्रज्ञाभवनमा कृषि सम्बन्धी ‘एग्रो ट्रेड एण्ड इन्भेस्टमेन्ट २०१७’ मेला आयोजना हुने भएको छ । मेला भदौ २९ गतेदेखि ३१ गतेसम्म आयोजना हुने छ ।

कृषि तथा पशुपंक्षी सेवा विभागको प्रायोजनमा नेपाल एग्री बिजनेश इन्नोभेसन सेन्टर, नेपाल डेरी एशोसिएशनलगायत संस्थाको सहकार्यमा हाउस अफ राजकर्निकारले आयोजना गर्न लागेको हो ।

कृषि बस्तुको प्रबद्र्धनसँग कृषिको स्तर वृद्धिका लागिका मेलाको आयोजना गर्न लागिएको हाउस अफ राजकर्निकारका अध्यक्ष विरेन्द्र राज कर्निकारले बताए ।

कृषिका लगानीकर्ता, व्यवसायी र किसान सबैलाई एकैछाना मुनि प्राविधि एवं आर्थिक ज्ञान दिने मेलाको प्रमुख उद्देश्य भएको कर्निकार बताउँछन् ।

कृषकहरुलाई कृषिको ज्ञान दिनका लागि लागि मेलाका अवधिभर विज्ञहरुको उपस्थित रहने आयोजकको दाबी छ । कृषिमा लगानी बढाउनका लागि लगानीकर्ताहरुको गोष्ठी गरिने छ । मेलाको माध्यमबाट कृषि सामाग्री खरिदकर्ता, लगानीकर्ता, उद्यमी र कृषिले फाइदा लिने आयोजकले जनाएका छन् ।

मेलामा पुष्प, पोल्ट्री, पशुपंक्षी, नगदेबालीलगायतका स्टल रहने छन् ।


पुष्प दुलाल