तिनाउ गाउँपालिकाको बजेट ३१ करोड



पाल्पा । पाल्पा जिल्लाको तिनाउ गाउँपालिकाले ३१ करोड ३३ लाख ९८ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।

आर्थिक वर्ष २०७४/७५ को बजेट, नीति तथा कार्यक्रममार्फत प्रत्येक वडामा १ करोडभन्दा बढी रकम पूर्वाधारको विकासमा खर्च गर्ने गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तीले विहिबार भएको पत्रकार सम्मेलनमा बताए ।

तिनाउ गाउँपालिकामा केन्द्रीय अनुदान १५ करोड १५ लाख ३० हजार रुपैयाँ, केन्द्रीय अनुदान ९शर्तअनुसार० मा ११ करोड ८ लाख ३५ हजार रुपैयाँ, सामाजिक सुरक्षातर्फ २ करोड ६५ लाख रुपैयाँ, गत वर्षको जिम्मेवारी सरेको रकम ९१ लाख ८३ हजार १०० रुपैयाँ रहेको अध्यक्ष घर्तीले बताए ।

गाउँपालिकाले आन्तरिक स्रोतबाट १ करोड ३३ लाख ५० हजार रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको छ । ‘शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यटन र पूर्वाधार, समुद्ध तिनाउको मूल आधार’ भन्ने नाराका साथ भदौ १० गते शुरु भएको प्रथम गाउँसभाले प्रत्येक वडा तथा गाउँपालिकाको विकासका लागि बजेट विनियोजन गरेको छ ।


पुष्प दुलाल