रासायनिक मल उद्योग नहुँदा बर्षेनी अर्बै बाहिरियो-कृषिमन्त्री यादव




काठमाडौं । कृषिमन्त्री रामकृष्ण यादवले मुलुकमा रासायनिक मल उद्योग नहुँदा बर्षेनी अर्बै रुपौयाँ बाहिरिने बताए । मलखाद व्यवसायी संघको प्रथम महाधिवेशमा उनले रासायनिक मल उद्योग नहुँदा बर्षेनी अर्बै रुपौयाँ बाहिरिने बताएका हुन् ।

‘मुलुकमा सात लाख २३ हजार मेट्रिक टन रासायनिक मलको आवश्यक छ, सरकारी तवरबाट साढे ३ लाख मेट्रिक टन मल अनुदानमा दिने गरिएको छ,’ मन्त्री यादबले भने ।

यादवले कृषि उत्पादन बढाउनका लागि गोठे प्राङ्गगारिकसँगै रासायनिक मलको आवश्क रहेको बताए ।

मुलुकमै रासायनिक मल उत्पादन गर्नका लागि मल कारखाना बनाउने काम भइरहेको भन्दै मन्त्री यादवले मुलुकमा मागको ६० प्रतिशत मल सरकारी र बाँकी गैरकानुनी तवरबाट आयात भइरहेको बताए । कृषि र मलखाद एक अर्काेको परिपुरक भएकाले पनि उत्पादन बढाउनका लागि मलखाद आवश्यक पर्ने भन्दै मन्त्री यादवले यसको विस्तारको तर्फ काम गरिरहेको बताए ।

मलखाद व्यवसायीहरुलृ सरकारले सहकारी संस्थाबाट वितरण गदै आएको रासायनिक मललाई निजी व्यवसायीले पनि बेच्न पाउनुपर्ने बताएका छन् । कृषि सामाग्री कम्पनी लिमिटेड र साल्ट्र टे«डिङ्ग कर्पाेरेशनले रासायनिक मल आयात गरी सहकारीमार्फत किसानलाई वितरण गदै आएका छन् ।

कृषि मन्त्रालयका सहसचिव डा. योगेन्द्र कार्कीले खाद्यान्न उत्पादन बढाउनका लागि सिचाई, उन्नत बीउ, प्रविधिसँगै मलखाद आवश्यक रहेको बताए ।

‘खाद्यान्न उत्पादन भएमात्र ग्रामीण अर्थतन्त्र सुधार हुने छ, यसको लागि निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्नुपर्ने हुन्छ,’ कार्कीले भने ।


पुष्प दुलाल