चाँगु नगरपालिकाकाको बजेट ५९ करोड २९ लाख




भक्तपुर । चाँगुनारायण नगरपालिकाले आर्थिक वर्ष २०७४/७५ का लागि ५९ करोड २९ लाख ६० हजार रुपैयाँको आय–व्यय विवरण सार्वजनिक गरेको छ ।

नगर प्रमुख सोम मिश्रले नगरपालिकाको कूल बजेटमा आन्तरिक आयतर्फ करबापत ९२ लाख ८५ हजार रुपैयाँ, सेवा शुल्कबापत १ करोड ५२ लाख ५० हजार रुपैयाँ, विभिन्न दस्तुरबाट २ करोड ४० लाख रुपैयाँ, बिक्रीबाट १५ लाख रुपैयाँ, अन्य आयबाट ३५ लाख रुपैयाँ गरी आन्तरिक आयतर्फ कूल ४ करोड २८ लाख ५८ हजार रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको बताएका छन् ।

त्यसैगरी बाह्य स्रोततर्फ ४२ करोड ७७ लाख ३१ हजार रुपैयाँ, सामाजिक सुरक्षा भत्तातर्फ ९ करोड रुपैयाँ र अन्यतर्फ रु २ करोड १६ लाख ९४ हजार गरी ५९ करोड २९ लाख ६० हजार रुपैयाँ खर्च हुने उनले जानकारी दिए ।

नगरपालिकाले खर्चतर्फ कार्यालय खर्च ६ करोड १२ लाख ४५ हजार रुपैयाँ, सामाजिक सुरक्षा भत्तातर्फ ९ लाख रुपैयाँ, कूल चालु खर्चतर्फ १५ करोड १२ लाख ४५ हजार रुपैयाँ र कूल पुँजीगत खर्चतर्फ ४४ करोड १७ लाख १५ हजार रुपैयाँ गरी कूल ५९ करोड २९ लाख ६० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

 


पुष्प दुलाल