बैंकले नपत्याएकाहरुले ल्याए यस्तो बिकल्प, बैंकको युग सकिएकै हो ?




‘ब्रिफकेश’को आयतन र आकारको रेडियो ट्रान्जिस्टर बोकेर हिंड्नु शानको कुरा हुन्थ्यो, करिब ३० बर्ष अघिको नेपालमा । तर, अहिले त्यस्ता उपकरण बोकेर हिंड्ने देख्दा मानिसहरु हाँस्न थालेका छन् । स्मार्ट फोनको जमानाले यस्तो बनाइ दिएको हुनसक्छ ।

भनिन्छ समय सबैभन्दा बलवान हुन्छ । हामी सबैले सुनेकै कुरा यस्तै हो । तर, आत्मसात भने सधैं गर्दैनौं । आफूलाई सहज लाग्ने प्रबिधि, प्रक्रिया वा संस्थालाई निर्बिकल्प र अन्तिम सत्य ठान्छौं ।

हामीले सुन्दै आएको अर्को भनाई हो, समाज बर्गीय हुन्छ । कम्युनिष्ट पार्टीको घोषणापत्रमा रचनाकार कार्ल माक्र्सले पहिलो वाक्यमै मानव समाजको इतिहास भनेको बार्गीय संर्घषको इतिहास हो भनेर लेखेका छन् । उनका अनुयायीहरु अहिले पनि बर्ग विहिन समाज (साम्यवाद) निमार्णमा जुटेकै छन् ।

किनभने प्रबिधि त सत्तामा पुगेर ‘बिग्रदैंन’ नि । उसले आफ्नो र पराई पनि भन्दैन । अनि प्रबिधिले ‘सर्बहारा’लाई देखाएर आफ्नो, परिवारको र आफन्त वा सानो झुन्डको लागि लोभ पनि त गर्दैन ।

समाज बर्गीय भएपछि समाजमा भएका संस्थाहरु पनि बर्गीय हुने नै भए । यस्तो बर्गीय समाज र संस्थाहरु भत्काउन कम्युनिष्ट पार्टीका कार्यकर्ता जति नै कस्सिएर लागे पनि उनीहरु सामान्य प्रबिधिले गर्न सक्ने जति काम गर्न पनि अझै सकिरहेका छैनन् ।

टेलिभिजन सेटको उदाहरण लिउँ । केही दशक अघि ‘सामन्त’सँग मात्र टिभी हुन्थ्यो । ‘श्रमजिबी’हरु टिभी हेर्न कल्पिन्थे । तर, पछिल्ला केही बर्षहरुमा प्रबिधिको बिकास यस्तो भयो कि सामान्य मानिसले पनि केही महिना बचत गरे ‘एलइडि’ टिभि किन्न सक्ने भयो । टिभिमा बिभिन्न स्वदेशी तथा बिदेशी च्यानलहरु हेर्नका लागि घरको छानामा छाता आकारको उपकरण ठड्याउनेको इज्जत उल्कै हुन्थ्यो, उबेलाको नेपालमा । तर, अहिले महिनाको डेढ दुई सय रुपैंयाँ खर्चेर जोकसैले पनि ६०–७० वटा च्यानलहरु हेर्नसक्छ ।

यस्तो वित्तीय अन्वेषणबाट ऋण दिने र ऋण पाउने दुबै पक्ष मालामाल भएको छ । पछिल्लो अध्ययनले भारतमा इन्टरनेटको यस्तो डबली मार्फत ‘साथी’हरुलाई लगानी गर्ने ९० प्रतिशत हाराहारी लगानीकर्ताले बार्षिक १८ देखि २६ प्रतिशतसम्म कमाएका छन् । परम्पारगत बैंकिङमा जस्तो संचालन र कर्मचारी खर्च कम लाग्ने हुनाले नाफा बढी भएको हो ।

अब कुनै पनि मुलुकको अर्थतन्त्रको मेरुडण्ड भनेर चिनिने संस्था बैंक तर्फ लागौं । समाजमा बैंकिङ संस्थाको उपस्थितिलाई अहिलेसम्म कसैले चुनौती नदिए पनि उनीहरुको कार्यशैलीप्रति भने विश्वस्तरमै ब्यापक असन्तुष्टि पाइन्छ ।

‘बैंक हुने खानेहरुका लागि मात्र भयो’, भन्ने भनाइ ब्यापक रुपमा सुनिन्छ समाजमा । हुन पनि हो, अति सामान्य मानिसले बैंकबाट थोरैतिनो ऋण लिएर सानो ब्यवसाय थालौं भनेर सोच्न सक्दैन । किनकि बैंकको ऋण लिने प्रक्रियाले नै उसलाई थला पारिदन्छ । बरु ब्यक्तिसँगै उच्च ब्याजदरमा ऋण लिन तयार हुन्छ, ऊ ।

पढाइ सकेर केही आफ्नै काम गरौं भनेर सोच्ने नव–उद्यमीहरुलाई उत्तिकै गाह्रो छ । सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने कार्यक्रम अघि सारे पनि प्रभावकारी ढंगले कार्यान्वयन भएन । बरु केही बैंक र कलेजका कार्यकारीहरुले मिलेर सो कार्यक्रमको गलत ढंगले ब्याख्या गरे । र, आफ्नो ब्यवसाय बढाउने प्रयास गरे, निश्चित कलेजमा निश्चित बिषय पढ्नेलाई ऋण दिने भनेर ।

यस्तो अवस्थामा बैंकलाई कम्युनिष्टहरुको भाषामा ‘श्रमजिवीहरुको पैसा उठाएर बुर्जुवाहरुलाई पोस्ने संस्था’ भनेर भन्न सकिएला । केही ब्यवसायीहरुले नै बैंकलाई ‘घाम लागेको बेला छाता दिने र पानी पर्दा छाता फिर्ता माग्ने संस्था’को रुपमा अथ्र्याएका पनि छन् ।

जसले जे भने पनि आजको दुनियाँमा बैंकको बिकल्प भने देखिएको छैन । अर्थतन्त्रलाई ब्यवस्थित गर्न बैंकिङ संस्थाको योगदानलाई नजरअन्दाज गर्न सकिंदैन । बैंकलाई अर्थतन्त्रको लाइफलाइन भनिन्छ । तर, के अवस्था सँधैं यस्तै रहला ? बैंक सँधै निर्बिकल्प रहलान् ? के बैंक समयभन्दा बलियो छ ? आजको समाजमा बैंकले ‘बाहिर’ पारेको बर्गले आफू–आफैंमा बैंकको बिकल्प खोज्लान् वा नखोज्लान् ?

भविष्यको कुरा हो । सायद खोज्लान् । प्रबिधि कसैको पेवा भएन । प्रबिधिलाई कुनै सिद्धान्त, वाद वा भूगोलको रेखाले छेकेन । माथि नै भनियो प्रबिधिले समाजमा बर्गीय भेदलाई साँघुरो बनाउन ठूलो भुमिका खेलेको छ । यो भूमिका कम्युनिष्ट पार्टी र तिनका कार्यकर्ताकोभन्दा पनि ठूलो छ । किनभने प्रबिधि त सत्तामा पुगेर ‘बिग्रदैंन’ नि । उसले आफ्नो र पराई पनि भन्दैन । अनि प्रबिधिले ‘सर्बहारा’लाई देखाएर आफ्नो, परिवारको र आफन्त वा सानो झुन्डको लागि लोभ पनि त गर्दैन ।

भारतमा बैंकिङ प्रणालीले बाहिर पारेको भनिएको त्यस्तै ठूलो वर्ग आफ्नो बैंक आफै बनाउन लाग्यो । आफ्नो आवश्यकतालाई महशुस गरेर आफू–आफैंमा बैंकिङ कारोबार (पैसा ब्याजमा लगाउने र ऋण लिने) शुरु गर्न थालियो । बैंकले बाहिर पारेको भनिएको यो बर्गको यो कार्यको लागि प्रबिधिले ठूलो सहयोग गरिरहेको छ ।

यसलाई ‘अनलाइन पियर टु पियर लेन्डिङ मार्केट’को नाम दिइएको छ । जसलाई नेपालीमा साथी साथीमा ऋण आदान–प्रदान गर्ने बजार भन्न सकिन्छ ।

यो इन्टरनेटले उपलब्ध गराएको डबलीमा खोलिएको अदृश्य बजार हो, जहाँ पैसा ब्याजमा लगानी गर्न चाहने र ऋण लिन चाहने भेट हुन्छन्, छलफल गर्छन्, ‘डिल’ गर्छन् र कारोबार गर्छन् । रिर्जभ बैंक अफ इण्डियाले यस्तो खाले अनलाइन कम्पनीका सन्दर्भमा मार्गनिर्देशन सहितको ड्राफ्ट बनाएपछि यो क्षेत्रले गति लिएको छ । यस्तो कारोबारको मध्यस्तकर्ता कम्पनी ‘फेयरसेन्ट’को कारोबारबाट पनि यो तथ्य थाहा हुन्छ ।

फेयरसेन्टले यसअघिसम्म मासिक १५ देखि २० लाख भारु ऋण प्रवाह गर्दथ्यो । ‘अहिले मासिक कारोबार ह्वात्तै बढेर १ करोड ५० लाख भारु पुगेको छ,’ फेयरसेन्टका प्रमुख कार्यकारी रजत गान्धी भन्छन् ।

सन् २०१४ मा स्थापना भएको फेयरसेन्ट ऋण लिन चाहनेहरुलाई सहज र सुलभ दरमा ऋण उपलब्ध गराउने र ऋणमा लगाउन चाहनेहरुलाई बैंककोभन्दा आकर्षक प्रतिफल कमाउन सघाउने कम्पनी हो ।

भर्खरै यो कम्पनीले बिद्यार्थीहरुका लागि नयाँ ‘प्रडक्ट’ ‘स्टुडेन्ट लोन’को शुरुवात गरेको छ । फेयरसेन्टका अनुसार यो बिद्यार्थीहरुले सहज र सुलभ दरमा प्राप्त गर्न सक्ने ऋण हो । साथै, ऋण उपलब्ध गराउने ‘साथी’हरुका लागि पनि प्रतिफलको राम्रो अवसर हो ।

बिद्यार्थीहरुले ६ महिनादेखि ३६ महिनासम्ममा किस्ताबन्दी रुपमा ऋण तिर्न सक्छन् । उनीहरुलाई यस्तो ऋणले पढाइका लागि चाहिने ल्यापटप, मोबाइल, किताबलगायतका आवश्यक सामाग्री किन्न सहज हुने कम्पनीले जनाएको छ ।

यसका लागि पहिले बिद्यर्थीहरुको बिवरण संकलन गरिन्छ, त्यसपछि कम्पनीका मानिसहरुले सो बिवरणको ‘भेरिफाइ’ गर्छन् र अन्ततः आवश्यक परे अभिभावकलाई पनि जमानी राखिन्छ ।

यस्तो वित्तीय अन्वेषणबाट ऋण दिने र ऋण पाउने दुबै पक्ष मालामाल भएको छ । पछिल्लो अध्ययनले भारतमा इन्टरनेटको यस्तो डबली मार्फत ‘साथी’हरुलाई लगानी गर्ने ९० प्रतिशत हाराहारी लगानीकर्ताले बार्षिक १८ देखि २६ प्रतिशतसम्म कमाएका छन् । परम्पारगत बैंकिङमा जस्तो संचालन र कर्मचारी खर्च कम लाग्ने हुनाले नाफा बढी भएको हो । ‘साथीहरु’बीच ऋण लिने दिने यस्तो कारोबारको आकार सन् २०२३ सम्म ५ अर्ब डलर हाराहारी पुग्ने अनुमान गरिएको छ ।

तर, यस्तो कारोबारमा जोखिम भने नभएको होइन । भारतको सुचना प्रबिधि ऐन १९९९ को प्रावधान अन्तर्गत खुलेका यस्ता कम्पनीहरु मध्यस्तकर्ताको भुमिकामा मात्र रहन्छन् । यस्ता कम्पनीहरुले अदृश्य बजारको निमार्ण गर्ने मात्र हो, जहाँ पैसा लगानी गर्न चाहनेहरु र ऋण लिन चाहनेहरु एक आपसमा भेट्छन् । यस्ता कम्पनीहरुले ऋण दिने र लिने कुराको ग्यारेन्टी गर्दैनन् । यद्यपि यस्ता कम्पनीको माध्यमबाट ऋण कारोबार गरेमा निश्चित सेवा शुल्क भने तिर्नुपर्छ ।

जोखिम न्युनिकरण गर्न केही उपायहरु भने अपनाइएको छ । ऋणीहरुले ऋण नतिर्ने जोखिमको न्युनिकरणको लागि ऋण दिनुभन्दा अघि ऋणीको वित्तीय बिवरण, तलबलगायत उसको ऋण तिर्ने क्षमताको मुल्याङ्कन गर्न सकिन्छ ।

ऋण दिन चाहने ब्यक्तिले एकै ब्यक्ति वा समुदायको ब्यक्तिलाई मात्र ऋण प्रवाह नगरेर आफ्नो जोखिमको बिबिधिकरण गर्न सक्छ । बिभिन्न बीमा कम्पनीहरुसँगको सहकार्यबाट पनि ऋण डुब्ने जोखिम घटाउन सकिन्छ ।

ऋण दिने र लिने ब्यक्तिहरुले कानुन ब्यवसायीको रोहबरमा गर्ने सम्झौता अर्को उपाय हो ।

‘अनलाइन पियर टु पियर लेन्डिङ मार्केट’ अहिलेको क्रान्तिकारी वित्तीय अन्वेषण हो । आधुनिक प्रबिधि, जीवनशैली, कमाउने, खर्च गर्ने र लगानी गर्ने तौर तरिका यो अन्वेषणका ‘लाइफलाइन’ हुन् । यसले अहिलेको प्रणालीमा पछि छुटेकाहरुलाई वित्तीय समावेशीता तर्फको यात्रा पनि गराएको छ । चुस्त नियमन रुपरेखा भित्र राम्रो ‘क्रेडिट रेटिङ’ भएका ऋणीहरु र अहिलेको बैंकिङ प्रणालीकोभन्दा बढि प्रतिफल चाहले लगानीकर्ताको भेटले यो क्षेत्र र यसमा काम गर्ने कम्पनीहरुलाई बैंकको बिकल्पमा नउभ्याउला भन्न सकिन्न ।


क्लिकमाण्डू