ग्लोबल आइएमर्इ बैंकको चुक्ता पुँजी ८ अर्ब नाघ्यो



काठमाडौं । ग्लोबल आइएमर्इ बैंकको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ नाघेको छ । रिलायबल डेभलपमेन्ट बैंकलाई गाभेपछि ग्लोबलको चुक्ता पुँजी ८ अर्ब ८ करोड रुपैयाँ पुगेको हो ।

आइतवार एक कार्यक्रमकाबीच एकीकृत कारोबारको उद्घाटन अर्थमन्त्री ज्ञानेन्द्र कार्कीले गरेका छन् ।

ग्लोबल आइएमइ बैंकले रिलायबल डेभलपमेन्ट बैंकसहित १० वटा वित्तिय संस्थालाई आफूसँग गाभेको छ ।

बैंकले आगामी वर्ष २० वटा शाखा खोल्ने योजना लिएको छ ।


पुष्प दुलाल