यी दुई अर्बपतिको संघर्षः जो धागो बुन्नेदेखि हकरसम्मको काम गर्थे
प्रतिकुल अवस्थाका बिरुद्ध संर्घषका गाथाहरु, आफ्नो अस्तित्व जोगाउने कठोर तपस्याहरु र अन्तत प्राप्त हुने सफलताले मानिसहरुलाई आशा र प्रतिकुलतासँग लड्ने साहस दिन्छ । यहाँ त्यस्तै दुईवटा कथा प्रस्तुत गरिएको छ ।
१. एन्ड्रिउ कार्नेजीः स्टिलका कुनै बेलाका बादशाह, जो धागो बुन्ने काम गर्थे
यी अमेरिकी उद्योगपति कार्नेजी स्टिलका संस्थापक हुन् । उनी कुनै समय पुरै ‘गे्रट ब्रिटेन’को भन्दा बढि स्टिल उत्पादन गर्थे । उनी कुनै बेला स्कटल्याण्मा गरिब धागो बुन्ने कामदार थिए ।
उनी गरिबी मै हुर्के र एक कोठाको घरमा गुजारा चलाउँथें । उनी कतिसम्म गरिब थिए भने भोग मेटाउन वा बिर्सनलाई सुत्ने गर्दथे ।
१३ बर्षको उमेरमा उनी कपडा बुन्ने मिलमा धागो फेर्ने काम गर्थे । उनी हप्ताको ६ दिन र दिनको १२ घण्टा सो कपडा मिलमा काम गर्थे । फुर्सदको समयमा भने स्कटल्याण्का बिभिन्न ‘हिरोहरु’का बारेमा पढेर बिताउँथे ।
तर, भित्रैदेखि उद्यमी भएका कारण कठोर परिश्रम गर्थे । उनको मेहेनतकै कारण ‘मेसिन अपरेटर’मा बढुवा पनि भए । त्यसपछि उनको रेलको लिक बिछ्याउने काम गरे, जहाँ उनले ब्यवसायका बारे जानकारी हासिल गरे । र, स्टिल र तेल कम्पनीहरुमा लगानी गर्न थाले । यी कम्पनीहरुबाट उनले धेरै पैसा कमाए ।
सन् १८८९ सम्म आइपुग्दा त उनको कार्नेजी स्टिल कर्पोरेसन बिश्कै ठूलो कम्पनी (सो क्षेत्रको) भैसकेको थियो । र, उनी बिश्वकै सबैभन्दा धनी ब्यक्ति बन्न पुगे ।
अहिले अमेरिकी निर्मातासमेत भनेर चिनिने उनले सन् १९०१ मा आफ्नो कम्पनी जेपी मोर्गनलाई झण्डै ५० करोड डलरमा बिक्री गरे । र, आफुलाई समाजसेवामा समर्पित गरे । उनले करोडौं डलर न्युयोर्क सार्वजनिक पुस्तकालयमा दान गरे । उनले ‘कार्नेजी इन्सटिच्युट अफ टेक्नोलोजी’ पनि स्थापना गरे, जसलाई अहिले कार्नेजी–मेलन बिश्वबिद्यालयको रुपमा चिनिन्छ ।
स्मरण रहोस्, उनको यात्रा एउटा साँघुरो कोठा र भोको पेटबाट शुरु भएको थियो ।
२. स्यामुअल वाल्टनः खुद्रा ब्यापारको महारथी, जो आफै दुध दोहेर बेच्थे र, पत्रिका घर-घर पुर्याउँथे
यी अमेरिकी उद्योगपतिले सानो किराना पसललाई बिश्वकै ठूलो ‘वालमार्ट सुपरमार्केट चेन’को रुपमा बिकसित गरे । सन् १९२९ देखि १९३९ सम्म कायम रहेको अमेरिकी आर्थिक मन्दीको समयमा हुर्केका वाल्टनले २३ अर्ब अमेरिकी डलरसम्म कमाए ।
उनले शुरुवाती दिनहरुमा गुजारा चलाउन निकै संर्घष गरेका थिए । उनी गाइको दुध दुहुन्थे र घरमा खपत भएर बचेको दुध घर–घर लगेर बेच्थे । त्यसपछि उनले त्यही रुटमा पत्रिका पनि बेच्न थाले ।
उनले आफ्ना कलेजका दिनहरुमा उनी केही समय रेष्टुराँमा काम गर्ने र त्यसको सट्टा खाना खाने गर्थे । उनले कलेज सकेपछि अमेरिकी आर्मीमा जागिर खाए र, दोस्रो विश्वयुद्ध लडे ।
२६ बर्षको उमेरदेखि भने आफ्ना स्टोरहरुको ब्यवस्थापनमा लागे । उनले पहिलो स्टोरको लागि ऋण लिए र केही सृजनशील प्रयोगहरु गरे । त्यसले यस्तो राम्रो ब्यापार ग¥यो कि तुरुन्तै अर्को स्टोर खोले । तेस्रो बर्षसम्म आइपुग्दा त उनी दैनिक लाखौं डलरको ब्यापार गर्ने भैसकेका थिए ।
फोब्र्सले वाल्टनलाई सन् १९८२ देखि १९८८ सम्म सबैभन्दा धनी अमेरिकीको रुपमा सुचिकृत ग¥यो । उनले सन् १९९२ मा मृत्युवरण गर्नु अघिसम्म वालमार्टले १९ सय ६० वटा स्टोरहरु खोलिसकेको थियो भने ३ लाख ८० हजार मानिसलाई रोजगारी दिएको थियो । र, बार्षिक कारोबार ५० अर्ब डलर नाघिसकेको थियो ।