जापानको फुकुओकामा आइएमईको नयाँ शाखा




जापान । जापानबाट नेपाललगायत विश्वका बिभिन्न देशहरुमा रेमिटेन्स कारोबार गर्दै आएको आइएमई क्योदाई रेमिटेन्सले जापानस्थित फुकुओकाको हाकातामा शाखा विस्तार गरेको छ । आइएमई क्योदाईले फुकुओका शहरको हाकातामाथप गत शुक्रबारदेखि शाखा संचालनमा ल्याइएको हो ।

आइएमईका प्रमूख कार्यकारी अधिकृत सुमन पोखरेल, क्योदाई रेमिटेन्सका प्रमुख एवम् एनआरएन जापानका उपाध्यक्ष टक गैरे लगायतको उपस्थितिमा नयाँ शाखाको शुभारम्भ गरिएको हो ।

आइएमईका प्रमुख कार्याकारी अधिकृत सुमन पोखरेलले विदेशबाट पैसा पठाउने भन्ने बित्तिकै आइएमईको नाम आउने बताए । आइएमईको छुट्टै पहिचान रहेकाले पैसा पठाउने बिश्वाशिलो र भरपर्दो ब्राण्डको रुपमा आइएमईलाई लिएकोमा सबैलाई धन्यवाद दिए ।

टोकियोपछि नेपाली बिद्यार्थीहरुको बाहुल्यता फुकुओकामा रहेको हुनाले नेपाली बिद्यार्थी सहित सबैको लागि सहजहोस् भन्ने उदेश्यले पÞmुकुओकामा शाखा विस्तार गरिएको हाकाता शाख ाप्रमुख राम कृष्ण श्रेष्ठले बताए ।

नयाँ शाखा विस्तारसँगै क्योदाई रेमिटेन्स ले फुकुओकामा रहेका सम्पूर्ण नेपाली संघसंस्थाहरुको लागि विशेष अवसरमा हुने छलफलमा निशुल्क बैठक हल उपलब्ध गराउने बताइएको छ ।

आइएमईका नेपालभर १ सय ५५ आईएमई सेन्टरसहित रहेका छन् । साथै, ६ हजार १सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखा मार्फत् रेमिट्यान्स सेवा दिइरहेको छ ।

 


पुष्प दुलाल