लुम्बिनी विकास बैंकका अध्यक्षले सपथ लिए
काठमाडौं । बैंक तथावित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १२७ (२) बमोजिम लुम्बिनी विकास बैंकको संचालक समितिका नवनियुक्त अध्यक्ष सुशिलराज पराजुलीले पद तथा गोपनियताको सपथग्रहण लिएका छन् ।
अध्यक्ष पराजुलीले बुधबार राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायण प्रसादपौडेलको उपस्थितिमा डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीसमक्ष शपथ ग्रहण गरेका हुन् ।
साविकका भिबोर सोसाइटी डेभलपमेन्ट बैंक र लुम्बिनी फाईनान्स एण्ड लिजिङ कम्पनी मर्ज भइ बनेको राष्ट्रियस्तरको लुम्बिनी विकास बैंकमा नयाँ सञ्चालक समिति गठन भएको हो ।