एयर काष्ठमन्डपको उडान अनुमति खारेज




काठमाडौं । हवाई क्षेत्रको नियामक निकायल नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर काष्ठमन्डपको उडान अनुमति (एओसी) खारेज गरेको छ । काष्ठमन्डपले सन् २००९ मा २ जहाज उडानको लागि अनुमति पाएको थियो ।

नेपालगन्जबाट जुम्लाबाट क्षेत्रमा चार्टर उडान मार्फत कार्गो ढुवानी तथा यात्रुलाई समेत सेवा दिदै आएको थियो । २०७२ मा १४ फागनुमा नेपालगन्ज विमानस्थलबाट जुम्लाका लागि उडेको ९ एन–एजेबी पीएसी ७ सय ५० एक्सएल कलसाइन भएको काष्ठमन्डपको जहाज दुर्घटनामा परेपछि एउटा जहाजमा सिमित भएको थियो ।

हाल काष्ठमन्डपसंग एक थान मात्र जहाज रहेको छ । जहाज उडान गर्ने पाइलटको साथै इन्जिनियहरुको समेत अभाव खेपेको एयरलाइन्स विगत लामो समय देखि उडान भर्न सकेको थिएन ।

पछिल्ला केही वर्षदेखि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले नेपाललाई ‘सिग्निफिकान्ट ‘सेफ्टी कन्सर्न’ (एसएससी) मा राखेपछि उडान अनुमति र नविकरणमा कडाई गर्दै आएको छ । आइकाओको टोलीले नेपालमा ४ वर्षपछि नेपालको उड्डयन क्षेत्र मंगलबार देखि अडिट समेत थालेको छ ।

नेपालमा सिंगल इन्जिनयुक्त काष्ठमडण्डको एक, गोमाको दुई र मकालु एयरको एक वटा गरी चार थान मात्र जहाज रहेका थिए । उक्त जहाजहरुलाई सरकारले यात्रु बोक्न प्रतिबन्ध लाउँदै आएको छ ।

काष्ठमन्डपको एओसी खारेजीमा परेसंगै अव नेपालमा एओसी अनुमति पाएर उडान भर्ने एयरलाइन्सको संख्या १९ वटामा झरेको छ । नयाँ एयरलाइन्स कम्पनीहरु आक्रामक बजार विस्तारमा लागिरहेका वेला पुराना एयरलाइन्सहरुले भने संचालन गर्न नसकेर खारेजीमा परेको हो ।

हाल उडान अनुमति पाएर नियमित उडान भर्नेमा हवाई जहाज तर्फ बुद्ध एयर, तारा एयर, यति एयर हिमालय एयरलाइन्स, मकालु एयर, नेपाल एयरलाइन्स, सौर्य एयरलाइन्स श्री एयरलाइन्स, सिता एयर, सिम्रिक एयरलाइन्स समिट एयर रहेका छन । त्यस्तैगरी हेलिकप्टर तर्फ मनाङ एयर, श्री एयरलाइन्स, फिस्टेल एयर, सिम्रिक एयर, प्रभु एयरलाइन्स रहेका छन ।

श्री एयरलाइन्सले पनि जहाज मार्फत उडान गर्ने तयारीमा ३ वटा जहाज काठमाडौं ल्याइसकेको छ । श्री एयरलाइन्स प्राधिकरण बाट एओसी अनुमतिको पर्खामा रहेको छ ।


पुष्प दुलाल