हवाई भाडा घट्यो, नयाँ भाडा कहाँ कति ? (सूचीसहित)



काठमाडौं । हवाई इन्धनको मुल्य घटेपछि वायुसेवा कम्पनीले स्वदेशी उडानको हवाई भाडा घटाएका छन् । वायुसेवा संचालक संघले बुधवारदेखि लागु हुनेगरी हवाई भाडा घटाएको हो ।

संघले इन्धनको मुल्य घटे अनुसारको भाडा घटाएको छ । अहिले धनगढीको हवाई टिकटको मुल्य १२ हजार २ सय छ । हवाई इन्धनको मुल्य घटेपछि धनगढीको नयाँ भाडा दर १२ हजार १९ रुपैयाँ पुगेको छ ।

निगमले आइतबार हवाइ इन्धन आन्तरिक उडानतर्फ प्रतिलिटर १० रुपैयाँ घटाएर ९९ रुपैयाँ कायम गरेको छ ।

‘निगमले हवाइ इन्धन घटाएपछि हामीले पनि यात्रुलाई इन्धनबापत लिइँदै आएको शुल्क कटौती गर्ने निर्णय गरिएको हो,’ सिम्रिक एयरलाइन्सका बजार व्यवस्थापक उज्ववल थापाले क्लिकमाण्डूसँग भने, ‘हवाइ इन्धनको मूल्य प्रतिलिटर ४ रुपैयाँले घट्दा हवाइ भाडा घटाउने र ४ रुपैयाँले बढ्दा हवाइ भाडा बढाउने सहमति छ ।’

 


पुष्प दुलाल