सांग्रिला डेभलपमेन्ट बैंकका अध्यक्ष श्रेष्ठले डेपुटी गभर्नरसँग शपथग्रहण लिए



काठमाण्डौं । सांग्रिला डेभलपमेन्ट बैंकका संचालक समितिका नवनिर्वाचित अध्यक्ष प्रा.डा.रबीन्द्र प्रसाद श्रेष्ठले पद तथा गोपनियताको सपथग्रहण लिएका छन् ।

अध्यक्ष श्रेष्ठले सोमबार राष्ट्र बैंकका डेपुुटी गभर्नर चिन्तामणी सिवाकाटी समक्ष पद तथा गोपनीयताको शपथ लिई पदीय जिम्मेवारी सम्हालेका हुन् ।

सो कार्यक्रममा बैंक तथा बित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेल पनि उपस्थित थिए ।

बैंक तथा बित्तीय संस्था सम्बन्धी ऐन-२०७३ लागुु भएपछि ऐनमा बैंक तथा बित्तीय संस्थाका अध्यक्षले निर्वाचित भएसँगै तोकिएको ढाँचामा राष्ट्र बैंक समक्ष शपथ लिनुुपर्ने ब्यवस्था बमोजिम छ ।

बैंकको मिति २०७४/०२/२९ गते बसेको १८२ औ बैठकले बैंकको संचालक समिति सदस्यहरुमध्येबाट श्रेष्ठलाई संचालक समितिको अध्यक्षमा चयन गरेको थियो ।


पुष्प दुलाल