जीएसटी प्रभाबः आइफोनको मुल्य साढे ७ प्रतिशत घट्यो



काठमाडौं । गुड एण्ड सर्भिस ट्याक्सको प्रभाव आइफोनमा देखिएको छ । गुड एण्ड सर्भिस लागु भएसँगै आइफोनको मुल्य ४ देखि ७.५ प्रतिशतले घटेको छ ।

जिएसटी कार्यान्वयनबाट कम्पनीलाई हुने फाइदाको केही हिस्सा ग्राहकलाई प्रदान गरेको हो ।

शनिबारबाट कम्पनीको वेवसाईटमा परिवर्तित निकालिएको छ । यसअघि आइफोन ७ प्लस २ सय ५६ जिबीको मुल्य ९२ हजार भारु रहेकोमा अहिले घटेर ८५ हजार ४ सय भारु भएको छ ।

यस्तै आइफोन ६एस ३२ जिबी ४६ हजार ९ सय भारु यसअघिको मुल्यभन्दा ६.२ प्रतिशतले घटेको हो ।

अहिले पनि आइफोनको ट्याक्स भारतमा उच्च नै छ । तर, जिएसटी लागु भएपछि पहिलाको भन्दा ट्याकको दर कमि पर्न गएको छ । जसको प्रभाव आइफोनको मुल्यमा देख्न सकिन्छ ।


पुष्प दुलाल