एनआरएनले सुरु गरे त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा सरसफाई अभियान



काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए) को त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा सरसफाई अभियानमा सुरु भएको छ ।

देशको एकमात्र अन्तर्राष्ट्रिय बिमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको आधुनिक गुणस्तरिय सरसफाई गरि पर्यटकहरुको नेपाल आगमनलाई आनन्दमय वनाउने उदेश्यसहित ‘अतिथि देवो भवः’ अभियान अन्तर्गत २०७४ असार १५ गते बिहिबारबाट सरसफाई अभियान सुरु गरिएको हो । अभियान पहिलो चरणमा एक महिनासम्म संचालन हुने छ ।

एनआरएनएका उपाध्यक्ष तथा नेपाल पर्यटन प्रर्बद्धन समितिका अध्यक्ष भबन भट्ट एवं नेपाल नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलका महा-प्रबन्धक श्री देवानन्द उपाध्याय बाट हस्ताक्षरित सहमति बमोजिम बिहिबारबाट सरसफाई अभियान शुभारम्भ भएको हो ।

कार्यक्रममा सरसफाई सामग्रि तथा प्रविधिहरुसमेत हस्तान्तरण गरिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको सरसफाई कार्यक्रमको समुद्धाटन समारोह कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष तथा नेपाल पर्यटन प्रर्बद्धन समितिका अध्यक्ष भबन भट्टले नेपालको प्रवेशद्वार नै विमानस्थल भएकोले यसको सरसफाई सवैको जिम्मेवारी भित्रपर्ने बताए ।

‘विमानस्थल सानो भएपनि सरसफाई गर्न सकिने भएकोले विगतमा भइरहेका सरसफाईलाई प्रविधिमैत्री बनाउन पनि हामीले सहयोग गर्न लागेका हौं’ भट्टले भने ।

बिहिबारबाट सुरु भएको यो कार्यक्रम अब निरन्तर रुपमा चल्ने र विमानस्थललाई पर्यटनमैत्री बनाउने भट्टले घोषणा गरे ।

कार्यक्रममा बोल्दै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले कामको सुरुवात हुनु सकारात्मक भएको तर यसले निरन्तरता पाउनुपर्नेमा जोड दिए ।

‘विमानस्थल सरसफाई भनेको निरन्तर प्रक्रियो यसमा गैर आवसीय नेपालीको सहयोग पाउनु खुसीको कुरो हो,’ गौतमले भने ।

कार्यक्रममा बोल्दै विमानस्थल कार्यलयका महाप्रवन्धक देवानन्द उपाध्यायले ५० लाखभन्दा बढी नेपालीहरु आवद्ध भएको संस्थासंग सहकार्य गर्न पाउनु खुसीको कुरा भएको बताए ।

कार्यक्रमा बोल्दै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले पर्यटक अगान गर्ने मुख्यद्वार पहिले सफा हुुनुपर्नेमा जोड दिए ।

एनआरएनएले विमानस्थलको सरसफाईमा खटिनेहरुलाई तालिम संचालन गर्ने छ ।

मजदुरहरुलाई सहयोग गर्न एनआरएनएका ३५ जना स्वयम सेवक समेत १ महिनासम्म खट्ने छन । जसमा सरसफाई गर्दा केमिकलको प्रयोग गर्ने तरिका, सररफाईमा आधुनिक उपकारण हस्तान्तरण समेत गर्दै जाने कार्यक्रम एनआरएनएको छ ।

विमानस्थलका भवनहरु सरसरफाई मैत्री नभएपनि सरसफाईमा विशेष जोड दिने खेम क्लिनिङ सर्भिसका संचालक खेम शर्माले बताए । हाल विमानस्थलमा इनभेटिभ एन्ड एचआर सोलुसन प्रालिले विमानस्थल सरसफाईको जिम्मा लिएको छ ।

खेम शर्मा सहितको टोलीले सोलुसनलाई सहयोग गर्नेगरी एनआरएनएले जिम्मा लगाएको छ । जसमा सम्पूर्ण खर्च एनआरएनएले व्योहोर्ने छ ।


पुष्प दुलाल