स्थानीय निर्वाचनः २ प्रधानमन्त्रीको मतदान




काठमाडौं । स्थानीय तहको निर्वाचनमा २ छुटाछुटै प्रधानमन्त्रीले मतदान गरेका छन् । गत बैशाख ३१ गते भएको पहिलो चरणको स्थानीय तहको निर्वाचनमा तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालले चितवनको भरतपुर महानगरपालिकाबाट मतदान गरेका थिए ।

आज भईरहेको दोस्रो चरणको निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवाले डडेलदुधारको गन्यापधुरा गाउँपालिकाबाट मतदान गर्दैछ । सरकारले स्थानीय तहको निर्वाचन ३ चरणमा गर्ने निर्णय गरेको छ ।

पहिलो चरणको निर्वाचन ३, ४ र ६ नम्बरको प्रदेशमा सम्पन्न भईसकेको छ । आज दोस्रो चरणको निर्वाचन १, ५ र ७ नम्बरको प्रदेशमा हुन गईरहेको छ ।

मधेसी दललाई सहमतिमा ल्याउनका लागि सरकाले प्रदेश नम्बर २ को निर्वाचन असोज २ गते गर्ने निर्णय भएको छ ।
यसरी एउटै स्थानीय निर्वाचन चरणबद्ध गर्दा भिन्ना भिन्नै प्रधानमन्त्री पाउँनु नेपालीको नियती बनेको छ ।


क्लिकमान्डु