मानव संसाधन सम्मेलन सम्पन्न




काठमाडौं । नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट (एनबीआई) ले काठमाडौंमा आयोजना गरेको मानव संसाधन सम्मेलन सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन एनबीआइका अध्यक्ष अजय श्रेष्ठ र म्यनेजमेन्ट डेभलपमेन्ट ईन्ष्टिच्युट मानव संसाधन अध्यक्ष डा. चन्द्रपी मालीले संयुक्त रुपमा गरेका छन् ।

एनबीआइका अध्यक्ष श्रेष्ठले नवीनता उपायहरु अपनाई मानव स्रोतलाई मानव सम्पतिमा रुपान्तरित गर्नुपर्ने समय आएको बताए ।

यस्तै, डा. मालीले मानव संसाधन व्यवस्थापन पहिले सोचे झैं एउटा काम मात्र नभई कुनै पनि व्यवसायको मानवक्षमता अभिवृद्धि गर्ने एउटा प्रमुख पाटो भएको बताए ।

एनबीआईका प्रमुख कार्यकारी अधिकृत संजीव सुब्बाले एनबीआईले वित्तीय संस्थाहरुको कर्मचारीको क्षमता अभिवृद्धिको लागि निकै कामहरु गर्दै आएको र ती मध्ये आजको सम्मेलन एक भएको बताए ।

यस सम्मेलनमा १ सय ५० भन्दा बढी बैंकिङ्ग कर्मचारीहरुको उपस्थिति थियो ।


पुष्प दुलाल