बजेटसम्बन्धि सबै सुचना अब तपाइको मोबाइलमै




काठमाडौं । सरकारको बजेटमा के कस्ता कार्यक्रम राखिएको छ, कुन कार्यक्रमको लागि कति बजेट छ भनेर खोज्दै हैरान हुनु भएको छ ? छ भने अब सजिलो हुने भएको छ ।

अर्थमन्त्रालयले बजेटसम्बन्धि सबै जानकारी दिने बजेट नेपाल नामक मोवाइल एप सार्बजनिक गरेको छ । सोमबार मन्त्रालयले आयोजना गरेकाे एक कार्यक्रम अर्थमन्त्री कृष्णबहादुर महराले सो एप सार्बजनिक गरेका हुन् ।

सो एप मार्फत बजेटसँग कुनै गुनासो वा सुझाव भए सर्बसाधारणले त्यस्तो गुनासो वा सुझाव अर्थमन्त्रीसँग राख्न सक्ने ब्यवस्था मिलाइएको उपप्रधान तथा अर्थमन्त्री महराले जानकारी दिए ।

सो एपमा बजेट कसरी बनिरहेको छ, विगतका बजेटहरु कस्ता थिए भन्ने जस्ता सुचना र जानकारीहरु पाइचार्ट, विभिन्न शिर्षकको आयब्ययको विवरण तथा बजेट भाषणको लाइभ भिडियो हेर्न सकिने अर्थमन्त्रालयको बजेट महाशाखा प्रमुख मधु मरासिनीले जानकारी दिए ।

यो एप हालको लागि इन्ड्रोइड अपरेटिङ्ग सिस्टम भएको मोबाइलमा उपलब्ध भएको सो अबसरमा जानकारी दिइयो । गुगल प्लेस्टोरमा गएर बजेट एप डाउनलोड गर्न सकिनेछ । आइफोन प्रयोगकर्ताले भने अबको १५ दिनपछि मात्रै सो एप प्रयोग गर्न सक्नेछन् ।


क्लिकमान्डु