चुनावमा लाग्दा लाग्दै हकप्रद सेयर भर्न छुट्ला है, कुन कम्पनीको हकप्रद कहिले ?



काठमाडौं । राष्ट्र बैंकले गरेको ब्यवस्था अनुसार ०७४ असार मसान्तसम्ममा बैंक तथा बित्तीय संस्थाहरुले आफ्नो पूँजी बृद्धि गरिसक्नुपर्ने छ । यसमा असार मसान्तसम्मको नाफालाई बोनस सेयरको रुपमा बाँडि बैंक तथा बित्तीय संस्थाहरुले राष्ट्र बैंकले तोकेबमोजिम पूँजी पुर्याउन सक्नेछन् ।

तर, बोनस सेयरले मात्र पूँजी तोके बमोजिम पूँजी बृद्धि गर्न सबै संस्थाहरु सक्षम नभएका कारण हाल अधिकांश बैंक तथा बित्तीय संस्थाहरु हकप्रद जारी गर्ने चटारोमा छन् ।

राष्ट्र बैंकले बाणिज्य बैंकहरुलाई ८ अर्ब , राष्ट्रिय स्तरका बिकास बैंकलाई २.५ अर्ब, ४ देखि १० जिल्ले बिकास बैंकलाई १.२ अर्ब, १ देखि ३ जिल्ले बिकास बैंकलाई ५० करोड, राष्ट्रिय स्तरका र ४ देखि १० जिल्ले बित्त कम्पनीका लागि ८० करोड र १ देखि ३ जिल्ले बित्त कम्पनीका लागि ४० करोड रुपैंयाँ चुक्ता पूँजी पुर्याउनुपर्ने ब्यवस्था गरेको छ ।

बैंक तथा बित्तीय संस्थाहरु हकप्रदको चटारोमा लाग्दा मुलुक स्थानिय निकायको चुनावमा होमिएको छ । बैशाख ३१ गते पहिलो चरण र जेठ ३१ गते दोस्रो चरणको चुनाव हुँदैछ ।

यसै अधिकांश कम्पनीहरुले राष्ट्र बैंकले ब्यवस्था गरेबमोजिम पूँजी बढाउन यसै समय हकप्रद जारी गर्दैछन् । अधिकांश कम्पनीले हकप्रद निष्काशन र बन्द बैशाख मसान्त देखि चैत मसान्तसम्म गदैछन् ।

चुनावको समयमा अधिकाशं मानिसहरु भोट हाल्न काठमाण्डौं बाहिर जाने र त्यहाँ हकप्रद सेयर भर्न सुबिधा नहुने हुनाले हकप्रद भर्नबाट छुट्न सक्नेछन् ।

हकप्रदको मुल्य समायोजन भैसकेको र १०० रुपैंयाँमै सेयर भर्न पाउने अवसर गुमाउँदा लगानीकर्ताहरु लाई ठूलो नोक्सान पर्ने सम्भावना समेत रहन्छ ।

स्थानीय निकायको चुनाव संबिधान कार्यान्वयनको पहिलो र महत्वपूर्ण कडि हो । आम जनताले उत्साहपूर्वक चुनावमा भाग लिनु र मुलुकलाई राजनीतिक स्थायित्व र समृद्धिको बाटोमा लैजान मद्दत गर्नु आजको नेपालको आवश्यकता हो ।

तर, चुनावमा मात्र केन्द्रित हुँदा आफ्नो ब्यक्तिगत बित्तीय ब्यवस्थापन लाई अलपत्र पार्न त भएन नि ।


पुष्प दुलाल