साधारणसभाले पारित गरिसकेको ६० प्रतिशत हकप्रद किन रद्द गर्यो जनता बैंकले ?



काठमाडौं । जनता बैंकले गत साधारण सभाबाट पारित ६० प्रतिशत हकप्रदको प्रस्ताव रद्द गरेको छ । बैंकले एक बिज्ञप्ती जारी गर्दै सिद्धार्थ बिकास बैंकलाई प्राप्ती गरेपछि राष्ट्र बैंकले तोकेबमोजिमको ८ अर्ब चुक्ता पूँजी पुग्ने भएकाले ६० प्रतिशत हकप्रद रद्द गर्ने बिशेष प्रस्ताव साधारणसभामा लैजाने बताएको हो ।

यस अघि त्रिवेणी बिकास बैंकलाई मर्ज गरेपछि कायम हुने चुक्ता पूँजीमा ६० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव साधारण सभाबाट पारित भएको थियो ।

बैंकले आगामी जेठ १३ गते बिशेष साधारणसभा बोलाएको छ । बिशेष साधारण सभामा सिद्धार्थ बिकास बैंकलाई प्राप्ती गर्ने, दुई संस्थाबीच १ बराबर १ अनुपातको स्वाप रेसियो कायम गर्ने र हकप्रद प्रस्ताव रद्द गर्ने प्रस्ताव पेस गरिने भएको छ ।

सेयर बजारमा लगानीकर्ताहरु भने हकप्रदको पछि लाग्ने र महङ्गोमा सेयर किन्ने गरेका छन् । लगानीकर्तालाई यस्ता निर्णयले भावी दिनमा हकप्रदभन्दा पनि कम्पनीको आधारभुत अवस्थामा नै ध्यान दिन भने घच्घचाएको छ ।


पुष्प दुलाल