कालिका माइक्रो क्रेडिट डेभलपमेन्ट बैंकले ६८ प्रतिशत लाभांश दिने



पोखरा । स्याङ्जाको वालिङमा प्रधान कार्यालय रहेको कालिका माइक्रो क्रेडिट डेभलपमेन्ट बैंकले लगानीकर्तालाई ६८ प्रतिशत लाभांश दिने भएको छ । बैंकको सातौं साधारण सभाले लाभांश दिने प्रस्ताव पारित गरेको छ ।

बैंकका अध्यक्ष अध्यक्ष इ. विष्णु प्रसाद पौड्यालले बोनस सेयर दिने प्रस्ताव गरेको थिए । अहिले पाँच करोड चुक्ता पुँजी रहेको बैंकको बोनस सेयर वितरणपछि चुक्ता पुँजी ८ करोड २५ लाख पुग्ने प्रमुख कार्यकारी अधिकृत मिनबहादुर बोहराले बताए ।

अहिले १० जिल्ला कार्यक्षेत्र रहेको बैंकले पाँच जिल्ला थप्ने प्रस्ताव गरेको छ ।


क्लिकमान्डु