निर्वाचनको कारण देखाउँदै जेठ १५ मा बजेट ल्याउन निर्वाचन आयोगले रोक्यो



काठमाडौं । दुई चरणमा निर्वाचन गर्ने भए जेठ १५ मा बजेट ल्याउन नमिल्ने निर्वाचन आयोगले बताएको छ । आयोगले शनिवार विज्ञप्ती जारी गर्दै निर्वाचनको अवधीमा सरकारले नयाँ नीति तथा कार्यक्रम तथा बजेट ल्याउन नमिल्ने घोषणा गरेको छ ।

संविधानमा जेठ १५ मा बजेट ल्याउने मिती तोकिएको छ । तर,सरकारले बैशाख ३१ र जेठ ३१ मा दुई चरणमा गरेर स्थानीय तहको निर्वाचन गर्ने तयारी गरेको थियो । निर्वाचन आंचारसंहिता अनुसार निर्वाचन नसक्दासम्म सरकारले नयाँ नीति कार्यक्रम तथा बजेट ल्याउन पाउदैन ।

आयोगका प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले केही दिन अगाडि नयाँ कार्यक्रमबिनाको बजेट ल्याउन पाइने बताएका थिए । यादवको भनाईमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आपत्ती जनाएको थियो । आयोगको शनिवारको विज्ञप्तीले निर्वाचन हुने भए बीचमा बजेट ल्याउन रोकिएको छ ।

आयोगले जारी गरेको विज्ञप्ती


क्लिकमान्डु