३ महिनाभित्रै अनलाइनमार्फत सेयर किनबेच गर्न पाइने



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आगामी ३ महिनाभित्र पूर्ण स्वचालित अनलाइन सेयर कारोबार प्रणाली लागू गर्ने जनाएको छ ।

दोस्रो बजारमा लगानीकर्ताहरुको पहुँचलाई सहज बनाउन अनलाइन प्रणाली स्थापना तथा सञ्चालन गर्ने कार्य अघि बढाइएको नेप्सेले जनाएको छ ।

बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै नेप्सेले नयाँ वर्ष २०७४ को अवसरमा शुभकामना दिँदै यस्तो प्रतिवद्धता जनाएको हो ।


पुष्प दुलाल