यी २७ देश जहाँ सेयर बजार छैन, तर पनि अर्थतन्त्र गज्जप छ



काठमाडौं । विश्वभर सेयर बजारलाई अर्थतन्त्रको ऐना मानिन्छ । पुँजीबादी आर्थिक नीति अंगालेका देशहरुका लागि सेयर बजार अपरिहार्यजस्तै हो । अर्थात् सेयर बजारबिनाको अर्थतन्त्र कल्पना पनि गर्न सकिँदैन ।

तर, विश्वमा यस्ता देश पनि छन्, जहाँ सेयर बजार नै छैन । यद्यपि ती देशहरुको अर्थतन्त्र राम्रैसँग चलिरहेको छ ।

संसारका झण्डै २ सय सार्वभौम देशमध्ये २७ वटा देशमा सेयर बजार नै छैन । अन्य देशहरुले सेयर बजारलाई पुँजी संकलनको सबैभन्दा भरपर्दो माध्यमको रुपमा लिँदै गर्दा यी देशहरुमा सेयर बजार नै नहुनु धेरैलाई आश्चर्य हुनसक्छ ।

अझ त्यहाँका जनतालाई त सेयर बजारबाट अर्बौं डलर कमाउने अर्बपतिहरुको नाम सुन्द पक्कै पनि अचम्म लाग्छ नै।

उत्तर कोरिया र एन्गोलाको अर्थतन्त्र नेपालको भन्दा ठूलो भए पनि त्यहाँ सेयर बजार छैन ।

कतिपय देशहरुमा राजनीतिक ब्यवस्थाका कारण सेयर बजार खुल्न सकेको छैन । उदाहरणको लागि उत्तर कोरियामा सेयर बजार छैन । जुन अर्थ राजनीतिक दर्शनमा उत्तर कोरिया चलेको छ, त्यसले त्यहाँ सेयर बजार खोल्ने अनुमति नै दिँदैंन ।

अन्य धेरै देशहरु भने अत्यन्तै थोरै जनसंख्या र अर्थतन्त्र भएका कारण सेयर बजार खोल्ने हैसियतमा छैनन् ।

मध्य अमेरिकाका ८ देश (एङुगुइला, एन्टिगुवा एण्ड बारबुडा, डोमिनिसिया, ग्रेनाडा, मोन्टसेराट, सेन्ट किट्स एण्ड नेभिस, सेन्ट लुसिया, सेन्ट भिन्सेन्ट एण्ड ग्रेनाडिन्स) मा पनि सेयर बजार छैनन् ।

तर, ‘इस्ट क्यारिबियन सेक्युरिटिज एक्सचेन्ज’ मा यी देशहरुको सेयर कारोबार हुने हुँदा यी देशहरुलाई सेयर बजार नै नभएका देशहरुको सूचीमा राखिएको छैन ।

हाम्रै छिमेकी एशियाली राष्ट्र बर्मामा पनि केही अघिसम्म सेयर बजार थिएन । निरङ्कुश सैनिक शासनमा जकडिएको बर्मा प्रजातान्त्रीक ब्यवस्थामा प्रवेश सँगै सेयर बजारको पनि सुरुवात भएको छ ।

दुई जापानी कम्पनी जापान एक्सचेन्ज ग्रुप र डाइवा सेक्युरिटिज ग्रुपसँगको सहकार्यमा बर्माले सेयर बजार खोलेको हो । सन् २०१६ को मार्च २५ देखि बार्मामा सेयर कारोबार सुरु भएको थियो ।

नेपालमा भने ०५० सालदेखि सेयर कारोबार हुँदै आएको छ ।

यी हुन् सेयर बजार नभएका देश 


पुष्प दुलाल