सेञ्चुरी, सानिमा र लक्ष्मी बैंकको मुल्य समायोजन, नयाँ मुल्य कति ?



काठमाडौं । बोनस र हकप्रदपछि कृषि बिकास बैंक, सेन्चुरी कर्मसियल बैंक, सानिमा बैंक र लक्ष्मी बैंकको मुल्य समायोजन भएको छ । आइतबार नै मुल्य समायोजन गरेर कारोबार हुनुपर्ने भए पनि प्राबिधक कारणबस हिजो आइतबार यी चारै कम्पनीको कारोबार हुन सकेको थिएन ।

कृषि बिकास बैंकको २० प्रतिशत बोनस सेयरको बुकक्लोज पछि मुल्य प्रतिकित्ता ४ सय ७८ रुपैंयाँमा समायोजन भएको छ ।

कम्पनीको औसत आधार मुल्य ५२० रुपैंयाँ छ । त्यस्तै, १०० प्रतिशत हकप्रदको बुबक्लोज गरेको लक्ष्मी बैंकको सेयर मुल्य प्रति कित्ता ४ सय ४९ रुपैंयाँ कायम भएको छ । बैंकको औसत आधार मुल्य ४५५ रुपैंयाँ छ ।

यसैगरी सानिमा बैंकको ३० प्रतिशत हकप्रदपछि प्रतिकित्ता सेयर मुल्य ४ सय ६५ रुपैंयाँ कायम भएको छ । बैंकको औसत आधार मुल्य ५ सय २८ रुपैंयाँ छ ।

सेन्चुरी कर्मसीयल बैंकको पनि १० प्रतिशत बोनस सेयर समायोजन पछि सेयर मुल्य प्रति कित्ता ३६२ रुपैंयाँ भएको छ । बैंकको औसत आधार मुल्य ३ सय ७१ रुपैंयाँ प्रतिकित्ता छ ।


पुष्प दुलाल