पुँजी बढाउने निर्णयसँगै बीमाको सेयरमा उछाल




काठमाडौं । बीमा कम्पनीहरुको चुक्ता पुँजी बढाउने व्यवस्थाको प्रभाव सेयर बजारमा प्रष्टरुपमा देखिएको छ । आइतबार कारोबार खुलेदेखि नै बीमा कम्पनीहरुको सेयरमा लगानीकर्ताहरु निकै आकर्षित भएका छन् ।

लगानीकर्ताको आकर्षणसँगै बीमा समूहको सूचक आइतबार साढे १२:४५ बजेसम्ममा ७ सय अंकभन्दा बढी अर्थात् ९ प्रतिशतले बढेको छ ।

अधिकांस बीमा कम्पनीहरुको सेयर कारोबार १० प्रतिशतले बढेकाले सर्किट ब्रेकलागेको छ ।

बीमा समितिले शुक्रबार अहिलेको भन्दा ४ गुणा बढीले बीमा कम्पनीको चुक्ता पुँजी बढाउने निर्णय गेको थियो ।

आइतबार बिहानै देखि बीमा कम्पनीहरुको सेयरको खरिद चाप उच्च छ । तर, बिक्री चाप भने अत्यन्तै न्यून छ । यसको अर्थ के हो भने धेरै लगानीकर्ताहरु बीमा कम्पनीको सेयर किन्न चाहन्छन् । तर जोसँग बीमा कम्पनीको सेयर छ उसले भने बेच्न चाहँदैन ।

आपूर्तिको तुलनामा माग उच्च भएपछि बीमा कम्पनीहरुको सेयर मूल्य उच्च भएको हो । आइतबारको कारोबारमा अधिकांस बीमा कम्पनीहरुको सेयर मूल्य बढिरहेको छ ।

विस्तारै बढेकाले बीमाको सेयर कारोबार यसअघिको कारोबार दिनको तुलनामा ९ प्रतिशत बढेको हो ।

बीमा समूहको मात्रै होइन, आइतबारको कारोबारमा सबै समूहगत सूचकहरु बढेका छन् । यो समाचार तयार पार्दा सम्ममा नेप्से सूचक ५५ अंकले बढेको छ ।


पुष्प दुलाल