प्रभु इन्स्योरेन्सको शाखा नयाँ सडकमा




काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले नयाँसडकमा आफ्नो शाखा कार्यालय स्थापना गरेको छ ।

सञ्चालनमा ल्याएको नयाँ शाखाको बुधबार आयोजित एक समारोहकाबीच बीमा समितिका अध्यक्ष चिरन्जीवी चापागाँईले उद्घाटन गरे ।

शाखाको उद्घाटन गर्दै बीमा समितिका अध्यक्ष चिरन्जिवी चापागाँईले बीमा कम्पनीहरुले आफ्नो दायरा फराकिलो बनाउँदै नयाँ÷नयाँ बीमा सेवाहरु प्रदान गर्न सुझाव दिए ।

कार्यक्रममा कम्पनीका उपाध्यक्ष राजेन्न्द्र मल्लले शाखा कार्यालय स्थापनाबाट यस क्षेत्रका ग्राहकवर्गहरुलाई प्रभावकारी रुपमा स्तरिय सेवा सुविधा प्रदान गर्ने बताए ।

उनले कम्पनीको चुक्ता पुँजी ३८ करोड ५० लाखको ५० प्रतिशत हकप्रद शेयर निश्काशनको प्रकृया अन्तिम चरणमा रहेको बताउँदै आगामी आर्थिक वर्षसम्म चुक्ता पुँजी एक सय करोड पुर्उने बताए ।

स्थापना भएको नयाँ शाखाबाट अत्याधुनिक बीमा व्यवस्थापन सफ्टवयर मार्फत बीमालेख जारी तथा बीमितहरुलाई दावी भुक्तानी गर्न सहज हुने बताएको छ ।


क्लिकमान्डु