सिद्धार्थ इन्स्योरेन्सले एकै दिन खोल्यो २ नयाँ शाखा




सिद्धार्थ इन्स्योरेन्स कम्पनीले शुक्रवार राजविराज र धरानमा दुई शाखा सञ्चालनमा ल्याएको छ ।

दुबै शाखाको उद्घाटन बीमामा समितिका अध्यक्ष चिरञ्जीवी चापागाई र कम्पनीका सञ्चालक दिव्यकुमार अधिकारीले संयुक्त रुपमा गरेका थिए ।

उद्घाटन कार्यक्रममा मन्तव्य राख्दै बीमा समितिका अध्यक्ष चापागाईले सिद्धार्थ इन्स्योरेन्स सर्वसाधारणमा बीमाको चेतना जगाउने काममा अगाडी बढेकाले भोलिका दिनमा अझै सेवा बिस्तार गर्दै जानेमा आफु विस्वत रहेको बताए । उनले यि नयाँ शाखा मार्फत कम्पनीले स्थानियलाई बीमाको पहुँच पुर्यान सहयोग पुग्ने बताए ।

उक्त अवसरमा स्थानिय व्याक्तित्वहरुले पनि सिद्धार्थ इन्स्योरेन्सले यस क्षेत्रलाई महत्व दिएकोमा खुशी व्यक्त गरे ।
यि दुई शाखा सहित सिद्धार्थ इन्स्योरेन्सको शाखा संख्या ३४ पुगेको छ ।


क्लिकमान्डु