सिद्धार्थ ईन्स्योरेन्सको चावहिल र सामाखुसीमा नयाँ शाखा, यसै बर्ष ४० पुर्याउने लक्ष्य



काठमाडौं । सिद्धार्थ ईन्स्योरेन्सले आफ्नो शाखा चावहिल र सामाखुसीमा खोलेको छ । यी दुवै शाखाको उद्घाटन बीमा समितिको अध्यक्ष चिरन्जीवी चापाँगाई तथा सिद्धार्थ ईन्स्योरेन्स सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडिया द्धारा संयुक्त रुपमा गरे ।

समितिका अध्यक्ष चापागाईले शाखा कार्यालयको सफल सञ्चालनको लागि शुभकामना दिदै सिद्धार्थ ईन्स्योरेन्सले एघार वर्षको दौरानमा वीमा व्यवसायमा गरेको प्रगति एवम् वीमीतहरुलाई पुर्याएको सेवाको प्रशंसा गरे ।

कम्पनीका का.मु. महाप्रवन्धक वीरेन्द्र वैदवार क्षेत्रीले कम्पनीले आफ्नो २९ वटा शाखा सञ्जालद्धारा स्तरीय बीमा सेवा प्रदान गर्दै आएको जानकारी दिए । उनले यस आबमा देशभर ४० वटा शाखा पुर्याउने लक्ष्य रहेको वताए ।


क्लिकमान्डु