भ्यालेन्टाइनको अवसरमा बिजी मलको ‘विग डिस्काउन्ट विन्टर सेल’



काठमाडौं । गोगंबुस्थित नयाँ बसपार्कमा अवस्थित बिजी मलले ‘विग डिस्काउन्ट विन्टर सेल’ योजना सुरु गरेको छ । शुक्रबारबाट सुरु भएको सो योजना १७ दिनसम्म संचालन हुनेछ । योजना अवधिभर मलमा सपिङ गर्ने ग्राहकले विभिन्न वस्तु तथा सेवामा ५० प्रतिशतसम्म छुट पाउने कम्पनी जनाएको छ ।

ग्राहकलाई सुपथ मुल्यमा उपभोग्य वस्तु उपलब्ध गराउँदै मलले प्रणय दिवस अर्थात भ्यालेन्टाइनको सन्दर्भ पारेर ‘विग डिस्काउन्ट विन्टर सेल’ योजना संचालनमा ल्याएको जानकारी दिएको छ । जसमा ग्राहकहरुले दैनिक रुपमा आश्चर्यजनक उपहार समेत प्राप्त गर्न सक्ने मलका निर्देशक राजु गिरीले बताए ।

मलले यसअवधिमा विभिन्न घरायसी विद्युतीय सामग्री, मोबाइल, लत्ता कपडा, जुत्ता चप्पल, खेलौना, श्रृंगार तथा सौन्दर्य सामग्री लगायत मलमा उपलब्ध विभिन्न सामाग्रीमा आर्कषक छुटको व्यवस्था समेत गरेको छ । ग्राहकले पचास प्रतिशत छुटसम्म किनमेल गर्नसक्ने मलले जनाएको छ ।


क्लिकमान्डु