जोन प्लेयर्सको ५० प्रतिशत सम्म छुट



काठमाडौं । सुर्य नेपाल प्रा.लि ले जोन प्लयर्स बाण्डका प्रिमियम मेन्स वेयरको खरिदमा ५० प्रतिशत सम्म छुट योजना ल्याएको छ ।

यस योजना अन्तर्गत शर्ट, स्वेटर, ज्याकेट, डेनिम, ब्लेजर लगायत कपडाको खरिदमा यो छुट प्राप्त गर्न सकिने बताइएको छ । यसमा औपचारिक देखि दैनिक रुपमा प्रयोग गर्न सकिने कपडाहरु राखिएको छ । उपभोक्ताहरुले ब्लुवर्ड मल, सिटी सेन्टर, दरवार मार्ग, सिभिल मल, मानभवनमा रहेका जोन प्लेयर्सका एक्सक्लुसिभ ब्राण्डेड आउटलेटका साथै देशभरका अन्य छानिएका स्टोरहरुबाट खरिद गर्न सक्नेछ । यो योजना सिमित अवधिका लागि मात्र राखिएको छ ।

 


क्लिकमान्डु