तेस्रो नेपाल बिल्डकन तथा नेपाल ऊड अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै



काठमाडौँ । मिडिया स्पेस सोलुसन्स प्रा .लि. ले तेस्रो नेपाल बिल्डकन तथा नेपाल उुड अन्तर्राष्ट्रिय प्रदर्शनी २०१७ आयोजना गर्ने भएको छ । यही माघ २८ देखि फागुन १ गते सम्म आयोजना हुने संरचना निर्माण सम्बन्धि सो प्रदर्शनी भारतको फ्यूचरेक्स ट्रेडफेयर एण्ड इभेन्टसको सहकार्यमा हुँदैछ ।

साथै उक्त प्रर्दशनीमा हेभी इक्युपमेन्ट पेभेलियनबाट भवन निर्माण तथा सडक संरचना मा प्रयोग हुने ठुला मेसीनरी पनि प्रर्दशनीका मुख्य आकर्षक हुने बताईएको छ ।

प्रदर्शनी मा १२ भन्दा बढी देशहरु बाट र स्वदेशी गरी १५० भन्दा बढी स्टल रहने छन जानकारी दिईयो । यसमा आर्किटेक्टहरू, बिल्डरहरू, इन्जिनियरहरू, योजनाकारहरू, तथा ठेकेदारहरूको पनि संलग्नता हुनेछ जसबाट सल्लाह र सुझावहरू पनि प्राप्त हुन सक्नेछ ।

यसबाहेक यो प्रदर्शनीमा संरचना निर्माणका सामग्री, निर्माणका उपकरणहरू, काठ तथा काठबाट बनेका सामग्रीहरूको पनि प्रदर्शनी हुने आयोजकले जनाएको छ ।


क्लिकमान्डु