काठमाडौं। नेशनल लाईफ इन्स्योरेन्स कम्पनीका २८ औं वार्षिक साधारण सभावाट पारित एक शेयर वरावर एक शेयरको अनुपातमा १३२,४८,६३७ कित्ता हकप्रद साधारण शेयरहरु साविकका शेयरधनीहरुमा निष्काशन गर्न एनआईबिएल क्यापिटल मार्केट्स लिलाई नियुक्त गरेको छ ।
कम्पनीको जीवन बीमा कोष रु.१६ अरबको हाराहारीमा पुगेको छ । बीमितहरुलाई प्रतिष्पर्धात्मक एवम् आकर्षक वोनस दर प्रदान गरि रहेको यस कम्पनीले ग्राहक वर्गलाई थप सुविधा दिन नेपाल अधिराज्य भरि आफ्ना शाखा, उपशाखा र सम्पर्क कार्यालय मार्फत आधुनिक तथा उच्च स्तरिय कम्प्यूटर सेवा मार्फत सेवाहरु प्रवाह गरेको जनाएको छ ।








प्रतिक्रिया