अब दैनिक २० किलो सुन ल्याउन पाइने



काठमाडौं । नेपाल राष्ट्र बैंकले सुन ल्याउन सकिने सिमा बढाएको छ । दैनिक १५ किलो सुन ल्याउन सकिने व्यवस्थालाई परिवर्तन गर्दै अब देखि २० किलो सम्म सुन ल्याउने व्यवस्था केन्द्रीय बैंकले गरेको हो । बिवाहको सिजन भएको हुँदा फागनुसम्म भने दैनिक २५ किलो सुन ल्याउन सकिन्छ ।

केही दिन अगाडि वाणिज्य विभाग,भन्सार विभाग तथा राष्ट्र बैंक बीच सुन आयातको सिमा बढाउने सहमती भएको थियो । बजारमा सुनको माग अत्याधिक हुने तथा वैधानिक आयातको सुनले माग नधानेपछि सुनमा अवैधानिक बजार फस्टाएपछि सुन आयातको सिमा बढाइएको हो ।

सरकारले २०६७ सालमा अत्याधिक सुन आयात बढेपछि र यसबाट शोधनान्तरमा असर गरेपछि सुन आयातमा कोटा तोकेको थियो । राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई मात्र सुन आयातको अनुमती दिएको छ । बैकर्स संघले तोकेको पालो अनुसार वाणिज्य बैंकले सुन आयात गर्ने गर्छन् । माग अत्याधिक भएपनि अवैधानिक सुनको बजारले गर्दा समय समयमा बैंकहरुले भित्राउने सुन बिक्री नहुँने गर्छ ।


क्लिकमान्डु