सामसङ डिजिटल प्लाजा अब बिर्तामोड, झापामा



SAMSUNG CSC

काठमाडौं। ग्राहकहरुको विशेष सुविधालाई ध्यानमा राख्दै सामसङको नेपालको लागि आधिकारिक विक्रेता हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले अत्याधुनिक र सुविधा सम्पन्न सामसङ डिजिटल प्लाजा-महेन्द्र रत्न स्टोर बिर्तामोड, झापामा आजदेखि सुरुवात गरेको छ ।

सामसङका उत्पादनहरुको बढ्दो मागलाई व्यवस्थित गर्न र ग्राहकहरुलाई सर्वसुलभ तरिकाले सामसङका उत्पादनहरु उपलब्ध गराउने उद्देश्यले सुविधा सम्पन्न सामसङ डिजिटल प्लाजा, बिर्तामोड, झापामा खोलिएको हो ।

यो सामसङ डिजिटल प्लाजाले सामसङका विश्वस्तरिय उत्पादनहरु एलईडी टिभी, मोबाइल, रेफ्रिजेरेटर, भ्याकुम क्लिनर, वासिंग मेसिन र माइक्रोवेभ ओभन लगायतका सामसङका सामानहरु विक्री गर्ने छ । काठमाडौं उपत्यका भित्र ८ वटा र बाहिर ५ वटा गरेर हालसम्म १३ वटा सामसङ प्लाजा खुलिसकेको कम्पनीले जानकारी दिएको छ ।


क्लिकमान्डु