यूएईबाट आईएमई गर्दा घडी उपहार पाइने



काठमाडौं । युएइबाट आइएमइ मार्फत नेपालमा पैसा पठाउदा घडी उपहार पाइने भएको छ ।

यूएईस्थित अलअहलिया एक्सचेन्जको कुनै पनि शाखाहरु मार्फत आईएमईबाट नेपाल पैसा पठाउने सेवाग्राहीहरुलाई घडी उपहारको व्यवस्था गरिएको आइएमइले जानकारी दिएको छ ।

यो योजना अनुसार प्रथम कारोबारमा सेवाग्राहीहरुले एउटा कुपन प्राप्त गर्नेछन् । र, दोश्रो कारोबारमा कुपन देखाएर घडी प्राप्त गर्नु सक्ने आईएमईले जनाएको छ ।

फेब्रुअरी महिनादेखि शुरु हुने योजना मार्च महिनाको अन्त्यसम्म लागू हुनेछ । यो योजनामा समावेश हुन १ हजार दिरामभन्दा माथिको कारोबार गर्नु पर्ने हुन्छ ।


क्लिकमान्डु