नयाँ स्कोडा र्यापिड बजारमा, पेट्रोल र डिजेल इन्जिनमा उपलब्ध



काठमाडौं। नेपालका लागि स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले सेडान सेग्मेन्टमा सबैभन्दा आर्कषक र स्टाइलिश नयाँ स्कोडा र्यापिड फेसलिफ्ट नेपाली बजारमा ल्याएको छ । स्कोडा र्यापिड १६ सीसीको पेट्रोल इन्जिन र १५ सय सीसीको डिजेल इन्जिनमा उपलब्ध हुनेछ ।

कम्पनीका प्रवन्ध निर्देशक विष्णु अग्रवालले नयाँ कारको बिक्री शुभारम्भको घोषणा गरेका थिए ।

नयाँ क्रिस्टलाइन डिजाइन ल्यांगवेजमा तयार गरिएको र्यापिडको पफर्मेन्स पहिलाका गाडीभन्दा पनि परिस्कृत रहेको अग्रवालले बताए । ‘नयाँ स्कोडा र्यापिड नेपाली सेडान गाडीको अपेक्षालाई पूरा गर्नेछ, सेडान सेग्मेन्टमा हामी मार्केट लिडर हौं, नयाँ स्कोडा र्यापिडले यो सेग्मेन्टमा हाम्रो लिडरसिपले निरन्तरता पाउनेमा हामी विश्वस्त छौं,’ उनले भने ।

नयाँ स्कोडा र्यापिड फेमिली कार हो जुन सहरी यात्राका र लामो यात्राका लागि आरामदायी र स्पेसियस रहेको कम्पनीको दाबी छ । परिस्कृत पफर्मेन्स, इमोसनल डिजाइन, क्यास लिडिंग सुरक्षा व्यवस्था र सिम्प्ली क्लेभर सोलुसनलगायतका फिचर राखिएको छ ।

६ वटा कलर (ब्रिलियन्ट सिल्भर, क्यान्डी ह्वाइट, क्यापिचिनो बिग, कार्बन स्टिल, सिल्क ब्लु र फ्ल्यास रेड) मा उपलब्ध हुने नयाँ स्कोडा र्यापिड तीन भेरियन्ट- एक्टिभ, एम्बिसन र स्टाइलमा उपलब्ध हुनेछ ।
कारमा ‘ड्राइभ’–६.५ इन्चको कलर टचस्क्रिन सेन्ट्रल इन्फोटेन्मेन्ट सिस्टम जडान गरिएको जनाउँदै कम्पनीले कारमा रहेको मिरर लिंक प्रविधिले स्मार्टफोनलाई विना कुनै अवरोध कारसँग कनेक्ट गराउन सकिने जानकारी दिएको छ ।

यो कारको मूल्य पेट्रोलको ३४ लाख ९५ हजार रुपैयाँ र डिजलको ३९ लाख ९५ लाख रुपैयाँ कम्पनीले तोकेको छ ।

कम्पनीले स्कोडा र्यापिड १६ सय सीसीको पेट्रोल इन्जिन र १५ सय सीसीको डिजेल इन्जिनमा उपलब्ध रहेको जनाएको छ ।


क्लिकमान्डु