सिजी ब्राण्डको दशौं वार्षिकोत्सव, ‘पार्टनर्स मिट’ आयोजना



काठमाडौं। सिजी ब्राण्डको दशौं वार्षिक उत्सवको उपलक्ष्यमा सिजीले काठमाडौंमा राष्ट्रिय स्तरको पार्टनर्स मिट सम्मेलन आयोजना गरेको छ । पार्टनर्स मिटमा देशभरबाट ३ सय भन्दा बढी डिलरहरु सहभागी भएका कम्पनीले जानकारी दिएको छ ।

उक्त पार्टनर्स मिटको अवसर पारेर कम्पनीले ६५ इन्चको अल्ट्रा हाइ डेफनिसन टिभी, ट्रली स्पीकर, सिल्भर कलरको हार्ड टप डोर फ्रिजर पनि सार्वजनिक गरियो ।

करिव दश वर्ष पहिले दुई किसिमका सिमित मोडलका टेलिभिजनहरुबाट शुरु भएको सिजीले हाल आफ्नै ब्राण्ड स्थापना गरी २३ किसिमका टेलिभिजन मोडल र सयौं मोडलका विभिन्न घरायशी सामाग्री, विद्युतीय उपकरण र मनोरञ्जनका वस्तुहरु उत्पादन तथा खरिद बिक्रि गर्दै आएको जनाएको छ ।


क्लिकमान्डु